महिनावारी, मर्यादा र वातावरणबारे छलफल
महिनावारीलाई मर्यादा, स्वास्थ्य र वातावरणसँग जोडेर संवाद गर्ने उद्देश्यसहित ‘मेरो महिनावारी हरियो–२’ कार्यक्रम राजधानीमा सम्पन्न भयो ।

ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा महिलामा हुने स्तन र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गरियो । उक्त कार्यक्रममा महिला पत्रकारका लागि प्याम स्मेयर, स्वास्थ्य परीक्षण तथा मेमोग्राफी गरिएको थियो ।

कार्यक्रममा सय जना महिला पत्रकारले स्वास्थ्य परीक्षण गराएका थिए ।

आयोजक संस्थामध्ये ‘समृद्धि फाउन्डेसन’ की अध्यक्ष एवं संचारकर्मी संगीता श्रेष्ठले आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रम संचालन गरिने जनाइन् ।