Successfully Copied

आस्मा बनिन् ‘मिस नेपाल वर्ल्ड २०२४’

उनले २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि हात पारेकी हुन् ।


‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् ।

उनले २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि हात पारेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिएकी थिइन्। प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन ।

शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतियोगितामा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा थिए ।

मिस नेपाल हरेक बर्ष आयोजना द हिडन ट्रेजरले आयोजना गर्दै आएको छ ।

तस्बीर - महेशमान प्रधान

 Image