केन्द्रबिन्दु प्लस टु एजुकेशन एक्सिलेन्स अवार्ड
केन्द्रबिन्दु प्लस टु एजुकेशन एक्सिलेन्स अवार्ड –२०८१ का झलकहरु

‘जोन्टा क्लब अफ काठमाडौं’ ले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवद्र्धन गर्न ‘वाकाथन’ आयोजना गरेको छ । दरबारमार्गबाट सुरु भएको ‘वाकाथन’ मा पाँच सयभन्दा बढी सहभागी थिए । सहभागीहरूले वसन्तपुर दरबार स्क्वायरसम्म हिँडेर लैङ्गिक हिंसाविरुद्धको सशक्त सन्देश दिएका थिए ।
‘वाकाथन’ संयुक्त राष्ट्र संघको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सफल बनाउन आयोजना गरिएको हो । अभियान नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म चलाइन्छ । ‘१६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिन्छ’ जोन्टाकी अध्यक्ष आभा शाहले भनिन्, ‘सबै क्षेत्रका महिलाहरू दुव्र्यवहारको सिकारको ठूलो हिस्सा बन्न बाध्य छन् । ‘वाकाथन’ र अन्य कार्यक्रममार्फत हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसाबाट बचेकाहरूलाई समर्थन गर्ने, लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्ने, कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने र महिला अधिकार आन्दोलनका लागि एकता कायम गर्नेछौं ।’
लैङ्गिक हिंसा एउटा गम्भीर मानवअधिकार उल्लङ्घन हो । यसले महिलाको कल्याण र उत्पादनशील जीवन जिउने क्षमतालाई असर गर्छ । यसले महिलाहरूको परिवारलाई पनि असर गर्छ र उत्पादकतामा कमी र जीविकोपार्जनका अवसरहरूमा समेत ठूलो प्रभाव पार्छ । प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ । ‘वाकाथनको माध्यमबाट जोन्टा क्लबले प्रभावकारी रूपमा सञ्चारमाध्यम र युवाहरूलाई लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउन आह्वान गरेको छ,’२५ जिल्लाकी जोन्टा इन्टरनेसनलकी गभर्नर सिर्जना राणाले भनिन् ।
जोन्टाले १६ दिने अभियान अवधिमा ‘क्युएफएक्स’ सिनेमाघरमा चार छोटो फिल्म देखाइरहेको छ । यी छोटा फिल्महरूले हिंसा÷उत्पीडन र बालविवाह कहिल्यै ठीक हुँदैन भन्ने सन्देश प्रवाह गरिरहेको जोन्टा क्लब अफ काठमाडौं महिला हिंसाविरुद्धको १६ दिने अभियानकी अध्यक्ष विदुषी राणाले बताइन् ।