जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरू भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लाग्ने गर्छ ।
काठमाडौं । उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन सोमबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरू भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लाग्ने गर्छ ।
इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।
दैनिक जीवनको भागदौड, चाहना र चिन्ताले क्लान्त मनका लागि अधिक मास एक प्रकारको ‘आन्तरिक विशुद्धि’ जस्तै हो । जहाँ बाह्य आवरणहरू क्रमश: विलीन हुँदै जान्छन् र भित्री सत्य क्रमश: उद्भासित हुन थाल्छ ।