Successfully Copied

मटन तास

विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने ।  त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने ।

ध्रुव आचार्य 

सेफ, अनुपम फुडल्यान्ड

सामग्री : खसीको मासु–एक किलो, तोरीको तेल–२५० मिलिलिटर, कुच्चाको अदुवा–१२० ग्राम, कुच्चाको लसुन– १०० ग्राम, जिरा–१०० ग्राम, धनियाँ र सुकेको खुर्सानीलाई पिस्ने, हरियो धनियाँ–२५ ग्राम, नुन स्वादअनुसार, बेसार–३० ग्राम, कस्मिरी खुर्सानीको धूलो–२० ग्राम, हरियो खुर्सानी–१०० ग्राम ।

विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने । 

त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने । बेलाबेलामा चलाउँदै बिस्तारै पकाउने ।

 

डामेको माछा

सामग्री : एउटा माछा (जुनसुकै माछा पनि लिन सकिन्छ), नुन स्वादअनुसार, मरिचको धूलो, तोरीको पेस्ट, कागतीको रस, लसुनको पेस्ट, कुच्चाको सुकेको खुर्सानी, तोरीको तेल, सम्भव भए रोजमेरी पनि राख्न सकिन्छ ।

विधि : माथि तयार पारेको सबै मरमसला हालेर माछालाई मेरिनेट गर्ने । १५ देखि २० मिनेटसम्म फ्रिजमा राख्ने । त्यसपछि यसलाई आफ्नो स्वादअनुसार पोलेर, ग्रिल्ड गरेर वा फ्राई गरेर खान सकिन्छ । 

पोलेको कुखुराको मासु

सामग्री : कुखुराको मासु– एक किलो, हरियो धनियाँ–४० ग्राम, हरियो खुर्सानी–२० ग्राम, तोरीको तेल–६० मिलिलिटर, जिराको दाना–२५ ग्राम, धनियाँको दाना–४० ग्राम, नुन स्वादअनुसार, टिम्मुर–१० ग्राम, मरिच–१० ग्राम, सुकेको खुर्सानी–५ ग्राम ।

विधि : माथि तयार पारेको सबै सामग्रीलाई मिक्स गरेर पिस्ने । त्यसपछि कुखुराको मासुमा मोल्ने र ४५ मिनेट जति फ्रिजमा राखिदिने । त्यसपछि तावामा तेल तताएर फ्राई गर्ने वा ग्रिल्ड गर्न पनि सकिन्छ । 

आफ्नो स्वादअनुसार पोलेर स्न्याक्सका रूपमा पनि खान सकिन्छ । 

मधु पन्थी

प्रबन्ध निर्देशक, अनुपम फुडल्यान्ड

अनुपम फुडल्यान्डको विशेषता के हो ?

खुल्ला र शान्त ठाउँ तथा स्वादिलो र स्वस्थ खानेकुरा यहाँको विशेषता हो । ‘फुड एण्ड वेभरेज’ मा यो एकमात्र ‘आइएसो’ प्राप्त रेस्टुरेन्ट हो । यहाँ पार्किङका लागि पर्याप्त ठाउँ छ । 

नेपालीहरूमा खाना खाने संस्कार कस्तो पाउनुभएको छ ?

नेपालीहरूमा खानाको रोजाइमा खासै परिवर्तन भएको छैन । १० देखि १५ प्रतिशत ग्राहकहरू मात्र नयाँ–नयाँ स्वाद चाख्न मनपराउँछन् । बाँकी सबैको मःम, पिज्जा, चाउमिन नै प्यारो छ । परिवर्तन नहुनका पछाडि खानाको स्वादप्रति विश्वास नुहुनु हो कि जस्तो लाग्छ । मगाइसकेपछि मीठो नहोला भन्ने हुनसक्छ । 

यसले समग्र व्यवसायमा के प्रभाव पार्ला ?

अवश्य पार्छ । रेस्टुरेन्टहरूलाई खानेकुरामा नयाँ–नयाँ प्रयोग गर्न वा फ्युजन गर्दा ग्राहकले रुचाउँदैनन् भन्ने भय रहिरहन्छ । जसले गर्दा स्वस्थ प्रतिस्पर्धा गर्न सकिँदैन । साथै सेफहरू पनि खानामा नयाँ प्रयोग गर्न डराउँछन् । उनीहरूले सिर्जनशील क्षमता उजागार गर्न पाउँदैनन् ।

 Image