Successfully Copied

रक्त समूहअनुसार खानपान

हरेक प्रकारको ब्लडमा एउटा खास प्रकारको एन्टिजेन मार्कर हुन्छ । यो मार्करले खाना पचाउन सहयोग गर्छ । यो एन्टिजेन मार्करले अलग–अलग खानामा अलग–अलग तरिकाबाट प्रतिक्रिया जनाउँछ । यदि त्यसको पहिचान गरेर सही ढंगबाट डाइट खाए स्वस्थ रहन सकिन्छ । 

बेलाबखत एकै किसिमको खानाले कसैलाई फाइदा गर्छ भने कसैलाई बेफाइदा गर्छ । खाना उही हो, त्यसमा भएको पोषक तत्व उही हो, गुण अनि स्वाद पनि उही हो । हामी सोच्छौं, खाना उही भए पनि कसरी व्यक्तिअनुसार त्यसको प्रभाव फरक हुनसक्छ ? एकै किसिमको खानाले कसरी मानिसको शरीरमा फरक असर गर्छ ? त्यसले कसैलाई फाइदा गर्छ, कसैलाई किन बेफाइदा गर्छ ? रक्त समूहअनुसार पनि हामीले खाने खानामा प्रभाव पर्छ । कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुरालाई मध्यनजर गरेर खानपान छनोट गर्दा त्यसबाट बढी लाभ लिन सकिन्छ । 

एन्टिजेन मार्कर के हो ?

हरेक प्रकारको ब्लडमा एउटा खास प्रकारको एन्टिजेन मार्कर हुन्छ । यो मार्करले खाना पचाउन सहयोग गर्छ । यो एन्टिजेन मार्करले अलग–अलग खानामा अलग–अलग तरिकाबाट प्रतिक्रिया जनाउँछ । यदि त्यसको पहिचान गरेर सही ढंगबाट डाइट खाए स्वस्थ रहन सकिन्छ । 

अनुसन्धानले के भन्छ ?

अमेरिकाको नेचुरोप्याथी एक्सपर्ट डाक्टर पिटर जे डीको अनुसन्धानअनुसार हरेक व्यक्तिले खाने खाद्यपदार्थले उसको ब्लड ग्रुपसँग रासायनिक रूपबाट प्रतिक्रिया गर्छ । यदि हरेक मानिसले आफ्नो रक्त समूहअनुसार खाना खाए शरीरले राम्रोसँग खाना पचाउन सक्छ । राम्रोसँग खाना पच्नु भनेको तौल नियन्त्रण हुनु पनि हो । यसले शरीरमा एक्स्ट्रा फ्याट जम्न दिँदैन ।

डाक्टर पिटर ब्लड ग्रुपको हिसाबबाट भोजन गर्नुपर्छ भन्ने सिद्धान्तका लागि परिचित छन् । उनका अनुसार ब्लड ग्रुपको हिसाबले खाना खाए शरीरमा पर्याप्त मात्रामा ऊर्जा मिल्छ र रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुन्छ । हरेक व्यक्तिको पाचन शक्ति एवं रोग प्रतिरोधी क्षमता उसको रक्त समूहमा निर्भर रहन्छ । 

किन खाने रक्त समूहअनुसार खाना ?

हरेक खानामा लेक्टिस नामक प्रोटिन हुन्छ । अलग–अलग रक्त समूहका व्यक्तिको रगत खानामा पाइने प्रोटिनमा फरक किसिमको प्रतिक्रिया जनाउँछ । त्यसको सीधा असर हाम्रो स्वास्थ्यमा पर्छ । रक्त समूहअनुसारको डाइट चार्ट तयार गरेमा लाभदायक हुन्छ । यसले तौल नियन्त्रणमा समेत सहयोगी भूमिका खेल्छ । तर प्रश्न उठ्न सक्छ, तौल नियन्त्रण गर्न व्यक्तिगत डाइट चार्ट वा तालिका बनाएर पनि गर्न सकिन्छ भने रक्त समूहअनुरूप नै किन खाने ? किनभने हरेक व्यक्तिको पाचन क्षमता एवं रोग प्रतिरोधात्मक क्षमता उसको रक्त समूहमा निर्भर हुन्छ । रक्त समूहअनुसार खाना खाँदा सानोतिनो समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ । 

प्रतिक्रिया कसरी हुन्छ 

डाइट थ्यौरीअनुसार जब हामी खाना खान्छांै, हाम्रो रगतमा एक प्रकारको मेटाबोलिक प्रतिक्रिया हुन्छ । यस्तोमा हामीले खाएको खानामा भएको प्रोटिन र विभिन्न ब्लड ग्रुपमा भएको एन्टिजेनमा परस्पर प्रतिक्रिया हुन्छ । खराब भोजन गर्नाले एन्टिजेनमा असर पर्छ । 

लेक्टिस टाँसिने किसिमको प्रोटिन हो । लेटिक्स जुन रक्त समूहसँग मेल खाँदैन, त्यसले शरीरका कोशिकाहरूमा क्षति पुर्‍याउँछ । भोजनबाट प्राप्त हुने लेक्टिस हानिकारक हुँदैन तर अलिअलि भए पनि हाम्रो शरीरमा असर गर्छ । यदि यो लेक्टिस रक्त समूहसँग मेल खाएन भने शरीर पोल्ने–सुन्निने हुनसक्छ ।

ब्लड ग्रुप र रोग प्रतिरोधक क्षमता 

‘ओ’ रक्त समूहका व्यक्तिहरूमा धेरैजसो एग्जिमा, एलर्जी, ज्वरो आदिको आशंका बढी हुन्छ । ‘बी’ रक्त समूहका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । ‘एबी’ रक्त समूह भएका व्यक्तिलाई सानोतिनो बिरामीले छुँदैन । यद्यपि यो समूह भएका व्यक्तिलाई क्यान्सर, एनिमियाँ वा मुटुको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

जस्तो ब्लड ग्रुप त्यस्तै खाना

रक्त समूहअनुसारको आहारले तन्दुरुस्त रहन मद्दत गर्छ । रक्त समूहको हिसाबले खाना खानु स्वास्थ्यको दृष्टिकोणले लाभदायक हुन्छ । स्वस्थ शरीरका लागि रक्त समूहअनुसारको खानपानले प्रभाव पार्छ । शरीरलाई स्वस्थ राख्नका लागि सन्तुलित आहारसँगै आफ्नो रक्त समूहअनुसारको उचित खानपानमा ध्यान दिँदा दुई गुणा बढी फाइदा हुन्छ । रक्त समूहअनुसारको आहार खाँदा नेगेटिभ र पोजेटिभ दुवै रक्त समूहले एकै प्रकारको आहार खानुपर्छ । 

कुन रक्त समूहकाले के खाने ?

रक्त समूह ‘ए’ : शाहाकारी भोजन

रक्त समूह ‘ए’ भएका व्यक्तिले मांसाहारीभन्दा शाहाकारी भोजन खानु उत्तम हुन्छ । यो समूहका व्यक्तिको प्रतिरक्षा प्रणाली संवेदनशील हुन्छ । यो समूहका लागि हरियो सब्जी, अन्न, अंकुराएका गेडागुडी, फल ड्राइ फ्रुट्स, ब्रेड, नुडल्स, चाइनिज फुड, डिनर रोल, बर्गरजस्ता खानेकुरा उपयुक्त हुन्छन् । तौल घटाउन मासु तथा दूधबाट बनेका परिकार, गहुँ  आदि खानुहुँदैन । 

अन्य रक्त समूहको तुलनामा यो रक्त समूहका व्यक्तिको पाचन शक्ति केही कमजोर हुन्छ भने मासु तथा दूधबाट बनेका परिकार पचाउन गार्‍हो हुन्छ । यस्तो स्थितिमा पेटसँग जोडिएको समस्या हुने सम्भावना बढी हुन्छ । समूह ‘ए’ को रगतमा गाढापन बढी हुने भएकाले सागसब्जी एवं फलफूल बढी प्रयोग गर्नुपर्छ । क्षारयुक्त फलको सेवन फाइदाजनक हुन्छ । मांसाहारी हो भने रेड मिटको साटो माछा प्रयोग गर्न सकिन्छ । 

समूह ‘बी’ : संयमित आहार

रक्त समूह ‘बी’ भएका व्यक्तिले दूधबाट बनेका परिकार सन्तुलित मात्रामा खानुपर्छ । हरेक प्रकारका गेडागुडी, सागसब्जी, अन्न आदि खान सकिन्छ । रक्त समूह ‘बी’ भएका व्यक्तिलाई सबै प्रकारको खाना सुट गर्छ यद्यपि खाना संयमित भएर खानुपर्छ । बिहानको खानामा मासु खाइएको छ भने बेलुका सब्जी खानुपर्छ । प्याकेजिङ गरिएको खाद्यपदार्थ, बन्दागोभी, मकै, तिल, बदाम, चना, मुसुरो तथा रहर दाल आदि कम खानु फाइदाजनक हुन्छ । 

बढी मात्रामा गहुँ र टमाटरले पनि फाइदा गर्दैन । तौल नियन्त्रण गर्न मकै, कुखुराको मासु, गहँु, बदाम आदि सेवन गर्नुहुँदैन । अण्डा, मासु, हरियो सब्जी तथा ग्रिन टीको सेवनले तौल कम गर्न सघाउ पुर्‍याउँछ । 

समूह ‘एबी’ : सन्तुलित आहार

समूह ए र बी दुवै रक्त समूहको लक्षण ग्रुप ‘एबी’ मा पाइन्छ । यो रक्त समूह भएका व्यक्तिले शाहाकारी भोजन खानु उपयुक्त हुन्छ । फलफूल तथा सागसब्जीको प्रयोग बढी गर्नुपर्छ । रक्त समूह ‘एबी’ भएका व्यक्तिले माछा, मासु, सब्जी, अन्न, कार्बोहाइड्रेट, दूध, दूधबाट बनेका परिकार खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ । यस प्रकारको खाना खाँदा स्वस्थ रहन सकिन्छ । मांसाहारीहरूका लागि माछा राम्रो विकल्प हो । 

समूह ‘ओ’ : प्रोटिनयुक्त आहार

समूह ‘ओ’ सबैभन्दा पुरानो ब्लड ग्रुप हो । यो ब्लड ग्रुप भएकाहरूले उच्च प्रोटिनयुक्त खानेकुरा तथा मासु पर्याप्त मात्रामा खानुपर्छ । उच्च प्रोटिन भएको खानासँगै कार्बोहाइड्ेरट, फलफूल तथा सागसब्जीको सेवन स्वास्थ्यका दृष्टिले फाइदाजनक मानिन्छ भने दूधबाट बनेका परिकार त्यति खानु हुँदैन । रेड मिट, सी फुड, पालुंगो, ब्रोकाउली आदिले तौल कम गर्न मद्दत गर्न सक्छन् । तौल नियन्त्रण गर्न गहँु, मकै, मुसुरोको दाल, गोभी, चामल, भटमास, सिमी एवं दूधबाट बनेका परिकारबाट टाढै रहनुपर्छ । मांसाहारीमा माछा, रेड मिट तथा कुखुराको मासु सेवन गर्न सकिन्छ । 

 Image