गर्मी मौसममा के खाने ?
गर्मी मौसम सुरु भएसँगै आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।

मार्सी चामल लामो इतिहास बोकेको फाइदाजनक अन्न हो । जुम्लालगायत हिमाली क्षेत्रमा खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो छ । संसारमा रातो रंगको चामलका दसभन्दा बढी प्रजाति छन् । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो ।
यसका लागि वातावरण माइनस चार डिग्री सेल्सियससम्म चिसो हुनुपर्छ । नेपालबाहेक भूटान, भारत तथा पाकिस्तानका हिमाली क्षेत्रमा यो धान पाइन्छ । धान पाक्न बढी समय लाग्ने भएकाले यसमा स्टार्च बढी हुन्छ ।
त्यही स्टार्चले मार्सी चामलको भात खाएपछि धेरै बेरसम्म पेट भरिएजस्तो हुन्छ, छिटो भोक लाग्दैन । मार्सी चामलको भात तुलनात्मक रूपमा लस्सेदार र स्वादिलो हुन्छ । मार्सी चामलको भातसँग अर्गानिक कालो दाल, मिक्स करी, अचार, साग, सलाद, दही तथा मासुको परिकार उपयुक्त मानिन्छ ।