मटन तास
विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने । त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने ।
सामग्री : मसरुम ६ पिस, लसुन १ पिस, नुन स्वादअनुसार, धनियाँको पात ३–४ पिस, ओरिगानो ३–४ ग्राम ।
विधि : मसरुमलाई तावामा सेक्ने । धनियाँ, ओरिगानो तथा नुनको पेस्ट मसरुमको चारैतिर लगाइदिने । मसरुम नपाकुन्जेल दुवैतिर पल्टाउँदै पकाउने । यसरी पकाइएको ग्रिल मसरुममा च्याउको स्वाद यथावत् रहन्छ ।
तोरतिज्या दे पाताता
सामग्री : अण्डा ६ वटा, पातलो गोलो आकारमा काटेर फ्राई गरिएको आलु १ सय ४० ग्राम, जुलियन्ट आकारमा काटेर फ्राई गरिएको प्याज ५० ग्राम, नुन स्वादअनुसार ।
विधि : अण्डामा फ्राई गरिएको आलु तथा प्याज मिक्स गर्ने । विस्तारै चलाउँदै–छाड्दै जाने । पाक्न थालेपछि छोपेर पल्टाउँदै पकाउने ।