जाडोमा तातो सुप
जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिन्छन् । त्यसैले जाडोमा शरीरलाई न्यानो र हाइड्रेट राख्न जरुरी हुन्छ । यसका लागि सुप राम्रो विकल्प हुनसक्छ ।
सामग्री : उसिनेको आलु ४ वटा, ९–१० वटा लसुनलाई थिचेर चप गर्ने, चिल्ली फ्लेक्स (पिरो नहुने) २ चम्चा, कालो मरिच थोरै, नुन स्वादअनुसार, अण्डा १ वटा, मैदा २ चम्चा, ब्रेडकर्न २ चम्चा ।
विधि : अण्डालाई छुट्टै फिट्ने । मैदालाई प्लेटमा राख्ने । आलुमा सबै मरमसला मिक्स गरी गोलो आकार दिएर मैदामा रोल गर्ने । त्यसपछि अण्डामा चोबेर ब्रेडकममा रोल गरी डिपफ्राइ गर्ने ।