Successfully Copied

पालक मटन करी

पहिले मासुलाई पखाल्ने, त्यसमा लसुन, अदुवा, पिसेका खुर्सानीे, फिटेको दहीका साथ सबै मसला हालेर मोल्ने र १०–१५ मिनेट साइडमा राख्ने । त्यसपछि एउटा भाँडामा तेल तताउने र ल्वाङ, तेजपात, सुकमेल आदि हाली एकछिन भुट्ने । त्यसमा प्याज हालेर नगलुन्जेल भुट्ने ।

सामग्री : खसीको मासु टुक्रा पारेको ५ सय ग्राम, तेल आवश्यकतानुसार, प्याज मसिनो गरी काटेको २ सय ग्राम, गोलभेंडा मसिनो गरी काटेको १ सय ५० ग्राम, लसुन–अदुवा पिसेको २० ग्राम, दही फिटेको आधा कप, ल्वाङ, सुकमेल, दालचिनी, तेजपात, अलैंची २० ग्राम, जिरा पाउडर आधा चिया चम्चा, मिट मसला आधा चम्चा, खुर्सानीको धूलो आधा चम्चा, हरियो खुर्सानी पिसेको १० ग्राम, उसिनेको पालुंगोको साग २ मुठा, आधा चम्चा धनियाँ पाउडर (धूलो), नुन स्वादअनुसार ।

विधि : पहिले मासुलाई पखाल्ने, त्यसमा लसुन, अदुवा, पिसेका खुर्सानीे, फिटेको दहीका साथ सबै मसला हालेर मोल्ने र १०–१५ मिनेट साइडमा राख्ने । त्यसपछि एउटा भाँडामा तेल तताउने र ल्वाङ, तेजपात, सुकमेल आदि हाली एकछिन भुट्ने । त्यसमा प्याज हालेर नगलुन्जेल भुट्ने । मोलेर राखिएको मासु खन्याएर केहीबेर भुट्ने । त्यसपछि गोलभेंडा हाली फेरि केहीबेर भुट्ने । त्यसमा फेरि १–२ कप पानी हाली मासु नपाकुन्जेल पकाउने । मासु पाकेपछि उसिनेको पालक पिस्ने र मासुमा हाली चलाउने, एकछिन उम्लन दिएपछि पालक मटनकरी तयार हुन्छ ।  

 Image