Successfully Copied

हट एण्ड सावर चिकेन सूप

हट एण्ड सावर चिकेन सूपकाे रेसिपि

सामग्री

चिकेन बोनलेस : ५० ग्राम

अण्डा : एउटा

भेंडेखुर्सानी : १० ग्राम

प्याज : एउटा

लसुन : २० ग्राम

हरियो खुर्सानी : २ वटा

कागती : एउटा

बटर : २० ग्राम

कर्नफ्लोर : २० ग्राम

गाजर : १० ग्राम

सिमी : १० ग्राम

काउली : १० ग्राम

नुन : स्वादअनुसार

अजिनोमोटो : २ ग्राम

सेतो मरिच : २ ग्राम

सोया सस : ५ मिलिलिटर

रातो खुर्सानीको पेस्ट : ५ ग्राम

विधि

प्याज, भेंडेखुर्सानी, लसुन एवं हरियो खुर्सानीलाई मसिनो गरी चप गर्ने अनि चिकेन, काउली, गाजर तथा सिमीलाई अलि मोटो गरी चप गर्ने । एउटा भाँडामा बटर तताउने । त्यसमा लसुनलाई खैरो देखिउन्जेल फुराउने । त्यसमा प्याज, भेंडेखुर्सानी र खुर्सानी हालेर एकछिन पकाउने । चिकेन, गाजर, काउली र सिमी पनि हालिदिने । एकछिन भुटेपछि पानी हालेर उमाल्ने । पानी उम्लिएपछि अण्डाको सेतो भाग हालेर केहीबेर पकाउने । त्यसमा कागती अनि अन्त्यमा कर्नफ्लोरको घोल हाली हल्का बाक्लो हुने गरी पकाउने । 

 Image