लोकप्रिय कफी
साथी, इष्टमित्र जोसँग जमघट हुँदा पनि कफीको चुस्कीमा गफिनुको मज्जा छुट्टै हुन्छ । जिम,क्लब,स्वीमिङ पुल,पार्लर,कम्प्लेस,कलेज,फिल्म हल,कर्पोरेट अफिस जताततै कफी सप देख्न सकिन्छ ।
प्रा. डा. प्रमोदबहादुर श्रेष्ठ
कुखुराको झोलसँग च्याउ
सामग्री
३ टेबुल चम्चा तेल
३ टेबुल चम्चा अदुवा
लसुन, खुर्सानी र बेसारको पेस्ट,
२ वटा मसिनो गरी काटिएको प्याज
३ पिस कुखुराकाको छातीको मासु
२ सय ५० ग्राम डल्ले च्याउ
आधा कप चिकेन स्टक
२ सय ग्राम गोलभेंडा
नरिवलको तेल २ चम्चा
विधि
तेल तताएर प्याज तथा करी पेस्ट हाली भुट्ने । त्यसमा गोलभेंडा हालेको ३ मिनेटपछि कुखुराको मासु हाली सुख्खा नभएसम्म अर्थात् खैरो हुन्जेल पकाउने । बीचमा नुन र मरिचको धूलो हाल्ने । त्यसमा च्याउ पनि हाली २ मिनेट पकाउने । अन्त्यमा चिकेन स्टक र नरिवलको तेल हालेर २५ मिनेट पकाउने ।