Successfully Copied

चकलेट ट्रफल

चकलेटलाई पगालेर डबल बोइलिङ विधिबाट त्यसमा विफ क्रिम मिसाउने । यसलाई चलाइरहने तर नउमाल्ने ।

सामग्री : विफ क्रिम ३ सय ७५ ग्राम, चकलेट २ सय ४० ग्राम, चकलेट स्पन्स २ लेयर, रम २५ मिलिलिटर, सुगर सिरप १ सय २० मिलिलिटर, ग्रेटेड चकलेट ६० ग्राम ।

विधि : चकलेटलाई पगालेर डबल बोइलिङ विधिबाट त्यसमा विफ क्रिम मिसाउने । यसलाई चलाइरहने तर नउमाल्ने । त्यसमा रम हाल्ने । चकलेटको १ तह स्पन्ज केक रिङमा राखेर सुगर सिरप लगाउने । चकलेट र क्रिम मिक्स गरेर तयार पारिएको मिक्सरलाई केक रिङभित्र हाल्ने । फेरि पहिलेजस्तै अर्को स्पन्जमाथि हालेर बाँकी सुगर सिरप हाली बाँकी रहेको मिक्सर पनि खन्याउने । यसलाई ५ घन्टाजति चिलरमा सेट गरेर राख्ने । सेट भएपछि ग्रेट गरेको चकलेटलाई माथिबाट राख्ने । यसलाई १० थरी आकारमा काटेर सर्भ गर्न सकिन्छ ।

लेमन चीज केक

\"\"सामग्री : क्रिम चीज ३ सय ग्राम, विपिङ क्रिम २ सय ग्राम, डाइजेस्टिभ बिस्कुट २ सय ८० ग्राम, आइसिङ सुगर १ सय २५ ग्राम, कागतीको बोक्रा (टुक्रा पारेको) ३ ग्राम, बटर १ सय ग्राम, कागतीको रस १० मिलिलिटर, जिलाइटिन १० ग्राम, पानी ५० मिलिलिटर

विधि : क्रिम चीज र आइसिङ सुगरलाई फिटेर क्रिमी ह्वाइट बनाउने । जिलाइटिनलाई पानीमा भिजाई आधा घन्टा त्यत्तिकै छोड्ने । अघि तयार भएको मिक्सिङलाई विपिङ क्रिम हालेर मिक्स गर्ने । त्यसलाई एक साइडमा राखेर बिस्कुटलाई रोलिङ पिनको सहायताले क्रायम बनाउने र बटरलाई सफ्ट गरेर मिक्स गर्ने । केही समय त्यसलाई मुछ्ने । मुछेको बिस्कुटलाई केक रिङ लिएर सिल्भर फोइलको बेस बनाई त्यसभित्र बिस्कुट राख्ने । हातले बिस्तारै दबाउने र सम्म बनाउने । जिलाइटनलाई डबल बोयल गरेर क्रिमको तयार मिक्सरमा हाल्ने । जिलाइटिनलाई बराबर फैलाउने । त्यसमा कागतीको रस हाल्ने । त्यसपछि मिक्सरलाई केक रिङभित्र बिस्कुटको माथिल्लो भागमा हाल्ने । चक्कुको सहायताले सम्म बनाउने । त्यसमा कागतीको बोक्रा छरिदिने । यसलाई चिलरमा ५ घन्टा सेट गरेर राख्ने ।

एप्पल पाई

\"\"सामग्री : स्याउ १ हजार ग्राम, ब्राउन सुगर २ सय ५० ग्राम, दालचिनी पाउडर १० ग्राम, किसमिस १ सय ग्राम, बटर ५० ग्राम, स्पन्स क्रायम १ सय ग्राम, रम १ सय मिलिलिटर, स्वीट पेस्ट २ सय ५० ग्राम ।

विधि : थोरै पानी हाली सबै सामग्रीलाई एकै ठाउँमा राखेर प्यानमा पकाउने । स्वीट पेस्टलाई पाइप प्लेटमा राखी चारैतिर बेस बनाउने । बेसलाई ओभनमा १ सय ८० डिग्री तापक्रममा हाफ बेक गर्ने । पाकेको मिक्सरलाई बेसमा राख्ने । माथिबाट सिवट पेस्टकै नेटजस्तै गरेर बनाउने । यसलाई १ सय ८० डिग्रीमा ओभनमा २० मिनेटजति बेक गर्ने ।

ब्लुबेरी चीज केक

\"\"सामग्री : क्रिम चीज २ सय ग्राम, आइसिङ सुगर २ सय ५० ग्राम, विपिङ क्रिम १ सय ५० ग्राम, ब्लुबेरी क्यान १ सय ७५ ग्राम, बिस्कुट १ सय ५० ग्राम, बटर ७५ ग्राम, जिलाइटिन १० ग्राम, पानी ५० मिलिलिटर ।

विधि : बटरलाई सफ्ट गर्ने र बिस्कुटलाई क्रायम गरेर एकै ठाउँमा राखी म्यास गर्ने । केक रिङमा सिल्भर फोयल लगाएर बिस्कुटलाई सम्म हुने गरी राख्ने । अर्को बाबलमा क्रिम चीज र आइसिङ सुगरलाई फिटेर क्रिमी ह्वाइट बनाउने । त्यसमा विपिङ क्रिम हाल्ने । जिलाइटिनलाई पानीमा भिजाएर आधा घन्टा छोड्ने । भिजेको जिलाइटिनलाई डबल बोइलिङ गरेर मेल्ट गर्ने र क्रिममा मिक्स गर्ने । उक्त मिक्सरलाई बिस्कुटको बेसमा हाल्ने । त्यसलाई पनि सम्म पारेर चिलरमा ५ घन्टा सेट हुन छोड्ने ।

किशोर गिरी, बेकरी सेफ

सबरी रेस्टुरेन्ट, सानेपा

 Image