Successfully Copied

नारीमा सामाजिक सञ्जाल

मनले खाएको मान्छेसँग रिस्सिएको बेला झोक्किनुभन्दा ल्यापटप खोलेर स्टोरी ड्राफ्ट गर्नुपर्छ ।

 

मनले खाएको मान्छेसँग रिस्सिएको बेला झोक्किनुभन्दा ल्यापटप खोलेर स्टोरी ड्राफ्ट गर्नुपर्छ । एउटा रोमान्टिक नोभेल त यस्सै लेखिन्छ बाबै । एंगर, क्रियटिभ माइन्ड । 

निशा राई

जीवन आनन्दै आनन्दले भरिएछ । एक साधारणका लागि यति धेरै प्रेम, आशीर्वाद, मंगल कामना । कहाँ लुकाऊँ रु धन्यवाद–स सम्मान यही भित्तोमा पोखिदिएँ मैले त । 

सारिका श्री

तिमीले जे दिन्छौ, बदलामा त्यही नै चिज पाउँछौ । त्यसैले लेनदेन गर्दा विचार गरेर गर्ने गर्नु । रेस्पेक्ट । ट्रस्ट ।

प्रमिला थपलिया 

ओ प्रिय डेटलाइन, कति चाँडै आउँछौ रु तिम्रो आगमनमा म हैरान हुन्छु र त खट्छु रातदिन । छतको न्यानो घामलाई नभेटेर तिम्रै निम्ति चिसो कोठामा बसेको छु कम्प्युटरसँग, कफीको रोहबरमा । 

टीका बिस्ट

के हो यो ? जिस्काएको ? मिनेट–मिनेटमा बत्ती जाने र आउने गर्दा राइस कुकुर बिग्रियो, बीस हजारको मोबाइल धुँवा बनेर उड्यो, ट्युबलाइटको फ्युज गयो, कसले दिन्छ क्षतिपूर्ति रु ऊर्जामन्त्रीले रु बरु १६ घन्टा लोडसेडिङ गर्नुस् तर यसरी जनताको क्षति नगराइदिनुस् । तरिका हुन्छ नि एउटा । 

रञ्जना आत्रेय 

काम लिएर सरकारी कार्यालय जानुपर्छ एक दिन त्यहीँ अर्पण गर्नुपर्छ । सरकारी कामकाजमा रफ्तारको दिन कहिले आउला । 

प्रभा बोगटी 

सफल मान्छेको साथ सबैले दिन्छन् नि, सक्छौ असफललाई साथ देऊ कही तिम्रो साथ पाएर ऊ सफल पो बन्छ कि ?

दिव्यज्योति 

 Image