Successfully Copied

परिवर्तन भएर जिउने कि ?

एक शोधअनुसार महिलाहरूले आफ्नो परिवर्तन केशबाट सुरु गर्छन् । केशको शैली परिवर्तन गरेपछि उनीहरू अझ जवान देखिने गरेका छन् । त्यसैले केश सज्जा, पहिरन आदिमा परिवर्तन गरी आफूलाई अझ जवान देखाउन सकिन्छ । दिमाग जवान भए शरीरमा पनि त्यसको सकारात्मक असर पर्छ

एक शोधअनुसार महिलाहरूले आफ्नो परिवर्तन केशबाट सुरु गर्छन्  । केशको शैली परिवर्तन गरेपछि उनीहरू अझ जवान देखिने गरेका छन् । त्यसैले केश सज्जा, पहिरन आदिमा परिवर्तन गरी आफूलाई अझ जवान देखाउन सकिन्छ । दिमाग जवान भए शरीरमा पनि त्यसको सकारात्मक असर पर्छ । 

सधैं हलुका रंग तथा उमेर सुहाउँदो पहिरन लगाउनुको साटो नयाँ–नयाँ परीक्षण गर्नुपर्छ । कहिले जिन्स, कहिले ज्याकेट त कहिले स्टाइलिस गाउन लगाउनुपर्छ । अरूले के सोच्लान् भनेर आफ्नो इच्छा मार्नु हुँदैन । स्मार्ट कपडा, राम्रो हेयर स्टाइल, ग्याजेट तथा एसेसरिजको प्रयोगले युवा देखिन सहयोग गर्छ भने त्यसलाई अपनाउन हिच्किचाउनु हुँदैन । 

जवान मानसिकता भए जे पनि आँट्न सकिन्छ । यही मानसिकताले हामीलाई काम गर्न ऊर्जा प्रदान गर्छ । यसका लागि आफू पढेलेखेको हुनुपर्छ भन्ने पनि छैन । जिउने कला हरेक महिलाले सिक्न सक्छन् । 

समाज सेवा 

समाजसेवा गरेर जीवन सन्तुष्ट तथा सुखी बनाउन सकिन्छ । यसले हरेकलाई रमाइलोसँग जिउन सजिलो बनाउँछ । यसले गर्दा समाजमा आफ्नो पृथक् नाम बस्छ । उदाहरणीय बन्न सकिन्छ । 

रुचि 

हरेकको कुनै न कुनै रुचि हुन्छ । रुचिको काम गर्दा आफूलाई आनन्द आउँछ, तनाव र दु:ख भुलिन्छ । 

केही नयाँ सिक्ने 

जीवनमा नयाँ सिक्ने चाहनाले एक्लोपन कम गराउँछ । नयाँ भाषा सिक्ने, कम्प्युटर सिक्ने, नयाँ–नयाँ गेम खेल्ने वा कुनै बाजा बजाउन सिक्ने काम गर्न सकिन्छ । 

बालबालिकासँग समय बिताउने

बालबालिकाहरूको साथले जवान भएको महसुस हुन्छ । उनीहरूको साथले जोकोहीमा जवान भएको अनुभव गराउँछ । बालबालिकाका साथमा मानिसहरूले आफूलाई पनि बच्चा सम्झेर एक्लोपन भुल्छन् । त्यसैले बालकका साथमा बाल्यपन तथा युवाका साथमा आफ्नो जवानीको समय बिताउन सकिन्छ ।

सकारात्मक सोच

सधै ताजा एवं युवा अनुभव गर्न नकारात्मक भावनालाई मनबाट निकाल्नुपर्छ । मैले केही गर्न सक्दिन भन्ने सोच राख्नु हुँदैन । सकारात्मक सोचका साथमा सक्रिय हुनुपर्छ । 

मन खोलेर हाँस्ने  

तपाईं कत्तिको खुसी तथा सकारात्मक हुनुहुन्छ त्यसको असर अनुहारमा पर्छ । अनुहारको भावले यसलाई सजिलै झल्काउँछ । हाँसोले सबैलाई सन्तुलित, फुर्तिलो तथा स्वस्थ बनाउँछ । 

क्षमा गर्ने 

मनमा कसैप्रति ईष्र्या, द्वेष वा घृणाभाव राख्नु हुँदैन । यस्तो भावनाले उमेर बढाउँछ । 

तनावसँग टाढै रहने 

आफूलाई हरेक तनावबाट टाढा राख्नुपर्छ । यसले मानिसलाई समयभन्दा पहिले वृद्ध बनाउँछ । 

स्मरण 

मस्तिष्कलाई टाठो तथा तिखो बनाउन दिमागलाई खेलाउनुपर्छ । विभिन्न कामबाट आफूलाई व्यस्त राख्नुपर्छ । 

शारीरिक तन्दुरुस्ती 

आफूलाई जवान अनुभव गराउन दिनहुँ व्यायामको रुटिन बनाउनुपर्छ । स्वास्थ्य समस्याबाट बच्न, आत्मविश्वास बढाउन यसले सहयोग गर्छ । व्यायाम गर्नुभन्दा पहिले कस्तो व्यायाम उपयुक्त हुन्छ चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

सन्तुलित आहार सेवन गरिएन भने मेटाबोलिज्म सुस्त हुन्छ । त्यसैले आहार सन्तुलित तथा पोषक हुनुपर्छ । ताजा फल, तरकारी, प्रोटिन तथा फाइबरयुक्त आहार सेवन गर्नुपर्छ । वजन बढेको अनुभव भए कम खाना खानुपर्छ । भोजनमा विविधता ल्याउनुपर्छ । 

व्यस्त रहनु 

घरपरिवारबाहेक आफूलाई अन्य काममा पनि व्यस्त राख्नुपर्छ । आफूले पहिले नगरेका काम गरेर आफूलाई व्यस्त राख्न सकिन्छ । समाज सेवाका साथै घुमेर वा तालिम आदि लिएर आफूलाई व्यस्त बनाउनुपर्छ । 

राम्रो निद्रा 

निद्रा निकै आवश्यक छ । बेडमा चाँडो जानु, बिहान चाँडो उठ्नु आवश्यक छ । उमेर बढ्दै गएपछि धेरै महिलामा निद्राको समस्या उत्पन्न हुन्छ र जिम्मेवारी कम हुँदै जान्छ जसले गर्दा दिनभरि खाली भइन्छ र राति निद्रा नलाग्न सक्छ । त्यसैले बिहान चाँडै उठेर दिनभरि सक्रिय रहनुपर्छ । 

 Image