Successfully Copied

२०७९ साल फागुन महिनाको राशिफल

मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।

मेष

कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् । आफ्नो सोचाइअनुसार सबै कार्य सम्पन्न हुँदै जानेछन् । विगतमा रोकिएका कामले तीव्र रूपमा गति लिनेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । नयाँ ठाउँमा जाने मौका मिल्नसक्छ । प्रतिस्पर्धात्मक क्रियाकलापमा सफलता मिल्नेछ । 

वृष

न्यायिक, सामाजिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । कसै–कसैको प्रेमसम्बन्ध विवाहमा परिणत हुनसक्छ । दाम्पत्य जीवन सोचेझैं सुखमय रहनेछ । १३ गतेपछिको समय अझ खास हुनेछ । सबै कुरा योजनानुसार सम्पन्न हुनेछन् । कुनै कारणले रोकिएका काम पुनः अगाडि बढ्नेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ । कतै घुमघाम गर्न जाने अवसर मिल्नसक्छ । कुनै नयाँ कामको थालनी हुनसक्छ । व्यावसायिक क्षेत्र सफलतातिर उन्मुख हुनेछ । व्यक्तिगत कामका लागि समय निस्कनेछ । 

मिथुन

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । आफ्नो कर्तव्य र जिम्मेवारीलाई राम्ररी पूरा गर्ने प्रयास गरिनेछ । महिनाको पूवार्द्ध लाभदायक रहनेछ । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । कतैबाट उपहार मिल्ने सम्भावना पनि छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । महिनाको उत्तरार्द्धको समय त्यति अनुकूल नहुनसक्छ । खर्च गर्ने कुरामा विशेष ख्याल गर्नुपर्ने बेला छ । कसैसित बोल्दा एवं व्यवहार गर्दा सजग रहनुहोला । 

कर्कट

कुनै धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि केही कुरामा खर्च हुनसक्छ । कतैबाट कुनै आकस्मिक उपहार पाइनसक्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक एवं व्यावसायिक पक्ष दुवै सुदृढ रहनेछन् । अरूले गरेको कुनै काम तपाईंलाई चित्त नबुझ्नसक्छ । कसैसित कुनै कुरामा ठाडो टीकाटिप्पणी नगर्नु नै उत्तम हुनेछ ।

सिंह

पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै विशेष कार्यमा सहभागिता जनाउनुपर्ने हुनसक्छ । घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । भाउजूबुहारी, दिदीबहिनी एवं नन्दआमाजूसित रमाइलो भेट गर्ने समय जुर्नेछ । कसै–कसैको यो महिनामा विवाहको लगन जुर्नेछ भने कसैको नवगृहप्रवेशको योग छ । कामविशेषले कतैको यात्रा हुनसक्छ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । कुनै कामका निमित्त सम्मान हुने योग छ । 

कन्या

मनमा भएको तनाव हटेर जानेछ । काम गर्ने उत्साह र जाँगर बढ्दा शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवनबाट अपेक्षित सुख मिल्नेछ । कसेकसैको यो महिनामा लगनगाँठो जोडिनसक्छ । आफ्नो कार्यक्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू आफैं तर्किएर टाढिनेछन् । सन्तानबाट पनि सुख–सन्तोष प्राप्त हुनेछ । क्रमशः सबै कुरा बिस्तारै मिल्दै जानेछन् । व्यक्तिगत कामका लागि समय दिन पाइनेछ । 

तुला

प्रियजनसित भेटघाट गर्ने मौका जुट्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । अनपेक्षित अपजशबाट बच्न आफ्नो कर्तव्य र जिम्मेवारीमा सचेत रहनुपर्ने बेला छ । नवदम्पतीहरूले एक–अर्कालाई बुझ्न र तदनुरूप व्यवहार गर्न आफूलाई केही समय दिनुपर्नेछ । तपाईंको कामप्रति निगरानी राखिन सक्ने भएको हुँदा काम गर्दा विशेष सतर्कता अपनाउनुपर्नेछ । कसैप्रति बढी घनिष्ट नभै आफ्नो गोपनीयतामा अडिग रहनुपर्नेछ । कामका साथै खानपानमा ध्यान दिएर आराम गर्नुपर्ने बेला छ । 

वृश्चिक

कामविशेषले टाढा भएका स्वजनसित भेटघाट गर्ने अवसर जुट्नेछ । घरमा नयाँ सदस्यको आगमन हुनेछ । शैक्षिक एवं सामाजिक कार्यमा सफलता मिल्नेछ । साथीसङ्गीसित रमाइलो समय बिताउने मौका मिल्नेछ । अनपेक्षित रूपले कुनै कुराले मनमा दोधारपनको स्थिति आउनसक्छ । धैर्य, शान्त र सकारात्मकताका साथ काम गर्ने प्रयास गर्नुपर्नेछ । दाम्पत्य जीवनमा कुनै कुरामा असमझदारी हुनसक्छ । रिसलाई वशमा राख्दै सौम्य तरिकाले कुरा बुझी कार्य गरे राम्रो समझदारी कायम रहनेछ । 

धनु

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । कुनै खास कामका निमित्त कतैको आवागमन गर्नुपर्ला । काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । रिस गर्ने र कुरा काट्नेहरू आफैं तर्किदै हिँड्न थाल्नेछन् । मनमा भएको तनाव हटेर जानेछ । नयाँ एवं पुराना साथीसङ्गीसित कतै भेटघाट गर्ने मौका जुर्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । 

मकर

कुनै विशेष काममा सफलता मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै कामका लागि कतैको आवागमन हुनसक्छ । कसै–कसैलाई विशेष आतिथ्य ग्रहण गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । प्रतिस्पर्धात्मक कार्यमा छानिने प्रबल सम्भावना छ । अनावश्यक खर्चको योग भएकाले कुनै पनि सामानमा खर्च गर्नुअघि राम्ररी बुझ्नुपर्नेछ । कतिपय कुरा आफ्नो मनमुताबिक नहुनसक्छन् । 

कुम्भ

कुनै कामविशेषले कतै आउने–जाने क्रम भैरहला । पारिवारिक सुख र खुसीका निमित्त बढी खट्नुपर्नेछ । स्वास्थ्य, खानपान र आराममा ध्यान दिनुहोला । दीर्घरोगीहरूले पनि स्वास्थ्य र खानपानको विशेष ख्याल गर्नुपर्नेछ । कसै–कसैलाई वैदेशिक यात्राको योग पनि छ । दाम्पत्य जीवनमा सामान्य विवादउत्पन्न हुनसक्छ । सकेसम्म सकारात्मक अवस्था र समयको विचार गरेर आफ्नो काम गर्दा राम्रो हुनेछ । आफैं अघि नसरेको खण्डमा कसैको सहयोगको अपेक्षा नगरेकै राम्रो हुनेछ । 

मीन

दाम्पत्य जीवन सुखमय रहनेछ । आपसी सहमतिमा काम र सहयोग गर्ने प्रयास हुनेछ । विभिन्न कुराले सन्तोष मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि केही खर्च हुनसक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । स्वास्थ्य, खानपान र दैनिक कार्य तालिकाको ख्याल गर्दै काम गरेमा सबै कुरा समयानुसार पूरा हुँदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुने सम्भावना छ ।

 Image