Successfully Copied

जाडोमा न्याना पहिरन

वातावरणीय तापक्रम घटेसँगै शरीरलाई न्यानोपन प्रदान गर्ने ‘फेसन स्टाइल’ मा आकर्षण बढ्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वलाई आकर्षक रूपमा प्रस्तुत गर्न चाहनेहरूका लागि ‘विन्टर फेसन एसेसरिज’ ले यसमा थुप्रै विकल्प प्रदान गर्न सक्छ ।

वातावरणीय तापक्रम घटेसँगै शरीरलाई न्यानोपन प्रदान गर्ने ‘फेसन स्टाइल’ मा आकर्षण बढ्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वलाई आकर्षक रूपमा प्रस्तुत गर्न चाहनेहरूका लागि ‘विन्टर फेसन एसेसरिज’ ले यसमा थुप्रै विकल्प प्रदान गर्न सक्छ । यसमा सही छनोट र पहिरनसँगको तालमेल मिलाउन सके हाम्रो ‘स्टाइलिस लुक्स’ बढ्न सक्छ । जाडोमा ‘स्टाइलिस’ देखिनका लागि प्रयोगमा ल्याउन सकिने केही एसेसरिजहरू यहाँ प्रस्तुत गरिएको छ :-

‘लेग वार्मर’

मोजाभन्दा तुलनात्मक रूपले बाक्लो र पाइतालाविहीन हुने यो ‘वार्मर’ ले खुट्टालाई जाडोमा न्यानोपन प्रदान गर्छ । यो ‘ट्युब’ शैलीको ‘डिजाइन’ मूलतः घुँडामुनिदेखि ‘एंकल लेन्थ’ सम्म हुन्छ । ऊनी, ‘निटेड’ देखि ‘कटन’, ‘सिन्थेटिक फाइबर’ आदिबाट बनेका ‘लेग वार्मर’ बजारमा पाइन्छन् । ‘सिंगल कलर’ देखि ‘मल्टी कलर स्टाइल’ मा यो छनोट गर्न सकिन्छ । विशेषतः ‘ज्योमेट्रिकल डिजाइन’ को यो ‘स्टाइलिस’ र ‘एलिगेन्ट’ देखिन्छ । यो ‘वार्मर’ को प्रयोग ‘एंकल लेन्थ बुट्स’, ‘निलेन्थ’ वा ‘मिड लेन्थ ड्रेस’ सँग गर्न उपयुक्त हुन्छ । 

‘पमपम ह्याट’

फ्रेन्च नाविकहरूले प्रयोग गर्ने यो शैलीको ‘ह्याट’ को टुप्पामा डल्लो बनाएर राखिएको हुन्छ, विशेषतः ‘डेकोरेटिभ पिस’ का रूपमा यो डल्लो बल आकारको हुन्छ । यो ‘फेब्रिक’ वा ऊनीबाट बनाइएको हुन्छ । यो लगाउँदा आकर्षक र स्टाइलिस देखिन्छ । यसले पूरै कान छोपिन्छ । ‘ऊलन’, ‘निटेड’, ‘फ्लीस’ लगायतका ‘फेब्रिक’ बाट बनाइने यो विभिन्न रंगमा बजारमा पाउन सकिन्छ । 

रंगीबिरंगी ‘वार्म स्कार्फ’

जाडोमा फेसनेबल देखिनका लागि रंगीबिरंगी ‘विन्टर स्कार्फ’ प्रयोग गर्न सकिन्छ । यसलाई कुनै पनि डिजाइनको ‘ज्याकेट’, ‘स्वेटर’ र ‘ओभरकोट’ सित लगाउन सकिन्छ । जाडोका लागि काश्मिरी वा पश्मिना ‘स्कार्फ’, ‘भेल्भेट’ र ‘ऊलन स्कार्फ’ बढी समय र मौसम सान्दर्भिक हुन्छ । बजारमा ‘सिम्पल ड्रेप व्हाइट विन्टर स्कार्फ’, ‘द स्क्वाएर ब्ल्याक्वेट स्कार्फ’, ‘वन साइड ड्रेप ब्ल्याक विन्टर स्कार्फ’, ‘द मफलर स्टाइल स्कार्फ’, ‘थिक इन्फिनिटी सर्कल लुप स्कार्फ’, काश्मिरी ‘विन्टर स्कार्फ’, ‘चंकी चेकर्ड वुलन स्कार्फ’, पश्मिना ‘ऊल र्‍याप सल स्कार्फ’ आदिमा स्कार्फको विविधता पाइन्छ । 

‘विन्टर मफलर’

यसले जाडोमा गलालाई न्यानोपन र व्यक्तित्वलाई पनि ‘स्टाइलिस’ बनाउन सहयोग गर्छ । ‘ऊलन गार्मेन्ट पिस’ का रूपमा लिइने यसलाई गलामा ‘र्‍याप’ गरेर प्रयोग गरिन्छ । ‘मफलर’ लाई चौडाइ कम भएको लामो ‘स्कार्फ’ का रूपमा पनि लिइन्छ । विभिन्न रंगमा उपलब्ध भए पनि विशेषतः ‘डार्क सेड्स’ का यी बढी प्रचलनमा छन् । ‘चेक स्टाइल’ पनि धेरैको चाहनामा पर्छ । यो ‘युनिसेक्स विन्टर फेसन आइटम’ पनि हो । 

‘इयरमफ्स’

आरामदायक देखिने ‘इयरमफ्स’ ले विशेषतः कानलाई चिसोबाट जोगाउँछ र यो अत्यन्त ‘स्टाइलिस पनि हुन्छ । यो ‘हेडसेट’ जस्तै गरी पहिरिने गरिन्छ । ‘फरी’, ‘फ्लफी’, ‘ऊलन’, ‘फ्लीस’ का ‘इयरमफ्स विन्टर वार्डरोब’ अभिन्न साथी बन्न सक्छन् । विभिन्न ‘स्टाइलिस लुक’, ‘डिजाइन’, रंग तथा आकारमा ‘विन्टर इयरमफ्स’ बजारमा उपलब्ध छन् ।

स्टाइलिस ग्लोब्स

जाडोमा हातलाई चिसोबाट जोगाउन र न्यानो बनाइराख्न ‘विन्टर ग्लोब्स’ उपयोगी हुन्छन् । विशेषगरी जाडोको समयमा दुई पाङ्ग्रे सवारी साधन चलाउनेका लागि ‘विन्ड प्रुफ’, ‘वाटरप्रुफ बाइकर ग्लोब्स’ जाडोका लागि भरपर्दा ‘विन्टर एसेसरिज’ हुन् । यो मौसममा ‘ऊलन’, ‘लेदर’, ‘इन्सुलेटेड’, ‘निटेड ह्यान्ड ग्लोब्स’ पनि उत्तिकै उपयोगी हुन्छन् । 

यसैगरी यीबाहेक जाडो ‘फेसन एसेसरिज’ मा ‘बिनी क्याप’, ‘फरयुक्त चप्पल’ एवं ‘स्यान्डल’, ‘स्टाइलिस’ मोजा, ‘ब्यारेट क्याप’, ‘फ्लीस लाइनिङ विन्टर लेगिङ्स’, ‘थर्मल योगा पाइन्ट’, ‘बडी वार्मर’, ‘बलाक्लाभा’, ‘बिनिज’, ‘हेडवार्मस’, ‘ऊलन स्नुड’, ‘हेड ब्यान्डस’, ‘मिटेन्स’, ‘विन्टर स्टकिङ’, ‘टाइट्स’ आदि पनि उपयुक्त विकल्पका रूपमा ‘विन्टर वार्मर’ का रूपमा प्रयोग गर्न सकिन्छ । 

जाडोमा न्यानो ‘फ्लीस’

जाडोमा न्यानोपन प्रदान गर्ने ‘फेसन’ शैलीमा अनेकौं परिवर्तन हेर्न सकिन्छ । जाडोमा न्यानोपन प्रदान गर्ने ‘फ्लीस’ फेसन शैलीमा त्यही परिवर्तनको एउटा अंग बनेको छ । फुटपाथदेखि ‘सपिङ मल’, ‘ननब्रान्ड’ देखि स्वदेशी वा विदेशी ब्रान्डमा ‘फ्लीस’ निकै लोकप्रिय छ । चाहे त्यो स्वदेशी ब्रान्ड जस्तै ‘केटिएम सिटी’ वा ‘लोगो फेसन’ होस् वा ‘नर्थ फेस’, ‘एडिडास’, ‘कोलम्बिया’, ‘टमी हिलफाइजर’ जस्ता अन्तर्राष्ट्रिय ‘फेसन ब्रान्ड’, ‘फ्लीस फेसन’ का विकल्पहरू हुन् । 

कोमल, हलुका, आरामदायक, धुन र सुकाउन सजिलो र न्यानोपन प्रदान गर्नु ‘फ्लीस’ को विशेषता हो । त्यसैले यसप्रति आकर्षण बढेको हो । 

यो ‘सिन्थेटिक इन्सुलेटिङ फेब्रिक’ हो । यो ‘पोलिइथिलिन टेरेफ्थालेट’ नामक ‘पोलिस्टर’ वा अन्य ‘सिन्थेटिक फाइबर’ बाट बनाइन्छ । यो हल्का हुने भएकाले आरामदायक हुनुका साथै यसले बाहिरी आद्रतालाई रोक्छ । यसले वाष्पीकरण गर्न सहज हुन्छ र यो चाँडै पनि सुक्छ । यही गुणका कारण ‘फ्लीस’ जाडोका लागि ऊनको विकल्प बन्न पुगेको हो । 

कसरी प्रयोगमा आयो ?

सन् १९७० को अन्त्यतिर ‘पोलारटेक’ नामबाट परिचित अमेरिकी ‘टेक्सटाइल’ निर्माता ‘माल्डेन मिल्स’ कम्पनीले यसको अध्ययनपछि प्रयोगमा ल्याएको पाइन्छ । सन् १९८१ मा उक्त कम्पनीले ‘स्पोर्टस् वेयर’ मा ‘फ्लीस’ लाई पहिलो पटक प्रयोगमा ल्याएको थियो । पहिलो ‘जेनेरेसन’ को ‘फ्लीस सिन्चिला’ नामबाट परिचित थियो । एक दशककै यात्रामा ‘फ्लीस’ का प्रयोग खेलहरू र ‘आउटडोर क्लोदिङ’ मा व्यापक रूपमा प्रचलनमा आए । यी हल्का हुनुका साथै न्यानोपन प्रदान गर्ने, आरामदायक र विविध कलरमा उपलब्ध भए । तुलनात्मक रूपमा सस्तो एवं किफायती भएका कारणले यो न्यानो ‘फेसन’ को ‘स्टाइलिस ट्रेन्ड’ का रूपमा स्थापित भयो । यो प्रारम्भ भएयता यसको उत्पादन प्रविधिमा परिमार्जन हुँदै आएको छ । पछिल्लो समय काश्मिरी ऊनजत्तिकै मिहीन स्वरूपमा यो विकसित भइसकेको छ । 

सत्तरीको दशकमा ‘पोलारटेक’ कम्पनीले बजारमा ल्याएको यो ‘फेब्रिक’ ऊनको तुलनामा हलुका हुन्छ । यसमा ‘इचिङ’ को समस्या नहुने, ‘डाउन’ भन्दा तुलनात्मक रूपमा सस्तो भएकाले यसले ‘स्वेटर’, ‘जम्पर’ देखि ‘हेभी डाउन ज्याकेट’ लाई चुनौती दिँदै आएको छ । पछिल्लो समय यसको लोकप्रियता ‘फेसनेबल’ र ‘स्टाइलिस’ देखिनेहरूका माझ बढ्दो छ । ‘फ्लीस’ मा पछिल्लो समय विविधता पाइन्छ । उपयोगिता, वजन, बाक्लो र पातलोदेखि ‘फ्लीस’ र मिहीन स्वरूपमा यो पाइन्छ । दर्जनौं रंगमा पाइने यसको विशेषता हो । यो पूर्णरूपमा होस् वा पहिरनको भित्री मात्रै वा लाइनिङ मात्रमा पनि यसको प्रयोग गर्न सकिने भएकाले यसमा बहुआयामिकता पाइन्छ । यी सबका कारणले ‘फ्लीस एन्टिपिल’, ‘ब्लिजार्ड’, ‘बन्डेड’, ‘फ्रेन्च टेरी’, ‘माइक्रोफ्लीस’, ‘प्लस’, ‘पोलार’ आदि ‘भेराइटी’ मा यी बजारमा उपलब्ध छन् । ‘क्लासिक पोलार फ्लीस’ अनेकौं तौलमा पाइन्छ । 

‘हन्ड्रेड वेट’ सबैभन्दा हल्का हो भने ‘थ्री हन्ड्रेड वेट’ सबैभन्दा गह्रौं खालको हो । ‘लाइटवेट फ्लीस’ लाई ‘माइक्रोफ्लीस’ का रूपमा पनि चिनिन्छ । ‘हाइ लफ्ट फ्लीस’ भने ‘सुपर फ्लफी फ्लीस’ हो ।

‘फ्लीस फेसन’ को विविधता

काठमाडौंस्थित महाबौद्धमा भेटिएकी ४० वर्षीया अनिता काफ्ले ‘फ्लीस’ को ‘फ्लोरल प्रिन्टेड ब्ल्याङ्केट’ मोलमोलाइमा व्यस्त देखिइन् । धुन र सुकाउन सजिलो अनि न्यानो पनि भएकाले उनले आफ्नो परिवारका लागि तीन सेट ‘फ्लीस’ को ‘ब्ल्याङ्केट’ खरिद गर्न आएको बताइन् । त्यहाँको एउटा शोरुममा चार जना साथीसहित पुगेकी १९ वर्षीया स्नेहा थापाले पनि आफूलाई ‘फ्लीस’ को ज्याकेट र ट्राउजर मन परेको बताइन् । उनले लगाउँदा हल्का हुनु र सफ्टनेसकै कारण आफूलाई यो उत्पादन मन परेको बताइन् । यसैगरी, सुन्धाराको स्ट्रिट मार्केटमा भेटिएका ३२ वर्षीय अर्जुन भण्डारीले बाक्लो र मोटो ज्याकेट भन्दा यो कम्फर्टेबल लाग्ने भएकाले घरमा बस्नका लागि दुई–तीन सेट ‘हुडी स्टाइल’ को ‘फ्लीस’ को ज्याकेट खरिद गर्न आएको बताए । 

नेपाली फेसन बजारमा ‘ननब्रान्डेड’ देखि ‘ब्रान्डेड ड्रेसिङ फ्लीस’ को लोकप्रियता बढ्दो छ । रंगको विविधतासँगै ‘डिजाइन’ तथा ‘प्रिन्ट’ को विविधता पनि यसमा रहेको पाइन्छ । ‘लियोपार्ड’, ‘टाइगर’, ‘डिजिटल’, ‘हार्ट’, ‘चेस’ र फ्लोरल प्रिन्ट आदि निकै मन पराइन्छ । पुरुष, महिला र ‘युनिसेक्स’ होस् वा ‘किड्स वेयर फेसन’ को विभिन्न स्वरूप र शैलीमा ‘फ्लीस फेसन’ छ । ‘फ्लीस’ को उपयोगिता ‘ज्याकेट’, ‘कोट’, ‘हुडी’, ‘स्वेट सर्ट’, ‘स्वेटर’, ‘पुलओभर’, ‘कार्डिगन’ देखि ‘ट्राकसुट’, ‘जगर्स’, ‘जेगिङ’, ‘ट्राउजर’, ‘नाइट वेयर’, पाजामा, ‘किड्स वेयर’ हुँदै ‘ह्यान्ड ब्याग’, ‘फुटवेयर’, मोजा, पन्जा, टोपी, गलबन्दी, ‘क्याप’ आदिमा पनि यसको प्रभाव बढ्दो छ । ‘फ्लीस फेसन’ मा विशेषतः ‘जिपर ज्याकेट’, ‘बटन ज्याकेट’, ‘हुडी’, ‘जगर्स’, ‘स्वेट सर्ट’ बढी ‘ट्रेन्ड’ मा छन् । 

‘फ्लीस फेसन’ पहिरनमा मात्र सीमित नभएर यो ‘ह्यान्ड टावल’, ‘फेस टावल’, ‘कुसन कभर’, ‘पिलो कभर’, ‘ब्ल्याङ्केट’, ‘बेडसीट’ सम्म पनि पाइन्छ । यसमा ‘फ्लोरल’, ‘एनिमल’, ‘डिजिटल’, ‘कोरल’, ‘कार्टुन’ प्रिन्टदेखि ‘सिंगल’ तथा ‘मल्टिकलर स्टाइल’ र ‘डिजाइन’ मा बजारमा खरिद गर्न सकिन्छ । 

 Image