Successfully Copied

‘ग्रान्ड ब्युटी सेमिनार’ हुने

सौन्दर्य क्षेत्रमा क्रियाशील ‘जुम एकेडेमी’ ले काठमाडौंमा ‘ग्रान्ड ब्युटी सेमिनार’ गर्ने भएको छ । सेमिनारमा ‘हलिउड सिमर आइब्रो’, ‘आइस लिप कन्ट्रोरिङ’, ‘स्काल्प माइक्रो पिगमिन्टेसन’, ‘हलिउड आइब्रँे लेमिनेसन’, ‘आइब्राँे म्यापिङ टेक्निक’ लगायतका पाँचवटा सौन्दर्य प्रविधि बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

‘जुम’ का निर्देशक कृषभ तनावासुका अनुसार सयमा ५० प्रतिशतमात्र महिला सौन्दर्यप्रति सचेत रहे पनि सही ज्ञानको अभाव देखिन्छ । ‘हाम्रो सेमिनारको मूल उद्देश्य सौन्दर्यसम्बन्धी सही ‘टेक्निक’ सिकाउनु हो,’ उनले भने, ‘सेमिनारमा सहभागीलाई यो प्रशिक्षणपछि अन्तर्राष्ट्रिय बजारमा पुग्न सजिलो हुनेछ ।’ ‘जुम’ का कार्यकारी निर्देशक जुनु चक्रधरले सेमिनारमा महिला र पुरुषहरूलाई बराबरी अधिकार दिइएको बताइन् ।  

आयोजकका अनुसार पुस ४ देखि ७ गतेसम्म पिएमयु (पर्मानेन्ट मेकअप) र पुस १० मा ‘बीबी ग्लो फेसियल’ कक्ष्ाँ सञ्चालन हुनेछ । बैंकककी ‘बायोटच इन्टरनेसनल एकेडेमी’ की कार्यकारी अध्यक्ष टिडा विवाट्टडा र प्रशिक्षक निरिन फान्यालिनले सेमिनारमा प्रशिक्षण दिनेछन् ।

 Image