दुई विश्वसुन्दरीले गरे विवाह

नारी संवाददाता

मंसिर २०, २०७९ पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे । सन् २०२० मा थाइल्यान्डमा भएको ‘मिस ग्रान्ड इन्टरनेसनल’ मा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए । उनीहरूले समुद्री तटमा रोमान्टिक भएर हिँड्नेदेखि ‘क्याजुअल’ गफगाफ, ‘स्याम्पेन टोस्ट’ जस्ता रमाइला इन्स्टाग्राम रिल पोस्ट गरेका थिए । उनीहरूले पोस्टमा सार्वजनिक गर्दे लेखेका छन्, ‘हाम्रो सम्बन्धलाई गोप्य राख्दै हामीले विशेष दिनका लागि ढोका खुला गरेका छौं ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>