स्वस्थ मुटु जीवनको आधार

अमेरिकन हार्ट एसोसिएसनले गरेको एक सर्वेक्षणमा सहभागी महिलामध्ये अधिकांशमा मुटुरोग भएको पाइयो । मुटुरोगले पुरुष र महिला दुवैलाई समान रूपमा असर गर्ने भए पनि महिलाहरूबढी प्रभावित हुने गरेका छन् । त्यस्तै, सबै प्रकारको क्यान्सरबाट मृत्यु हुने महिलाहरूको संख्याभन्दा मुटु रोगबाट निधन भएका महिलाको संख्या उच्च रहेको सर्वेक्षणले देखाएको छ ।

शान्ता पौडेल सुवेदी

कार्तिक १३, २०७९

हाम्रो मुटु स्वस्थ जीवनको आधार हो । शरीरका हरेक अंगमा रक्तसंचार गर्न यो अहोरात्र सक्रिय रहन्छ । त्यसैले मुटुका धमनी तथा शिरा बलियो हुनु आवश्यक छ । जसरी पानीको पाइपमा फोहोर जम्मा भए धारामा राम्रोसँग पानी आउँदैन, त्यसरी नै रक्तनलीमा चिल्लो पदार्थ (नराम्रो कोलस्टेरोल) जम्मा भए त्यो ‘प्ल्याक’ का रूपमा रहन्छ । यो बढी भए मुटुमा रगत जमेर धमनीहरू अवरुद्ध पार्छ । यस्तो अवस्थामा मुटुमा रक्तसंचार राम्ररी हुन पाउँदैन र ह्दयाघात (हार्ट अट्याक) हुनसक्छ ।

विश्व मुटु महासंघ एवं अमेरिकन हार्ट एसोसिएसनका अनुसार, विश्वमा हरेक वर्ष एक करोड असी लाख व्यक्ति मुटुरोगका कारणले अकालमै मृत्युवरण गर्छन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा कुनै न कुनै प्रकारका मुटु रोगीको संख्या ७५ लाख छ, जुन कुल जनसंख्याको एक चौथाइ हो । यहाँ बर्सेनि चार लाख नयाँ मुटु रोगी थपिने गरेका छन् । आधुनिक चिकित्साको विकाससँगै विश्वमा यो रोग तीव्र गतिमा बढ्दै गएको छ ।

अमेरिकन हार्ट एसोसिएसनले गरेको एक सर्वेक्षणमा सहभागी महिलामध्ये अधिकांशमा मुटुरोग भएको पाइयो । मुटुरोगले पुरुष र महिला दुवैलाई समान रूपमा असर गर्ने भए पनि महिलाहरूबढी प्रभावित हुने गरेका छन् । त्यस्तै, सबै प्रकारको क्यान्सरबाट मृत्यु हुने महिलाहरूको संख्याभन्दा मुटु रोगबाट निधन भएका महिलाको संख्या उच्च रहेको सर्वेक्षणले देखाएको छ । ह्दयाघात हुने औसत महिलाको उमेर ७० वर्ष भएपनि यो कुनै पनि उमेरमा  हुनसक्छ । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले हालै गरेको सर्वेक्षणले पनि त्यस्तै देखाएको छ । उक्त सर्वेक्षणअनुसार पछिल्लो समय युवा महिलाहरूमा ह्दयाघात बढी भएको देखाएको छ । उच्च रक्तचाप, उच्च कोलस्टेरोल र धूम्रपान यसका प्रमुख कारण हुन् । मधुमेह, मोटोपना, वंशानुगत स्वास्थ्यस्थिति, बढ्दो उमेर, अस्वस्थकर आहार, विलासी जीवन र बढी मदिरा सेवन ह्दयाघात हुने जोखिमका अन्य कारकहरू हुन् । उच्च रक्तचाप हुँदा रक्त नलीहरू तन्की फुटेर मष्तिस्कघात, ह्दयाघात, मिर्गौलाले काम गर्न छाड्नु, अन्धोपना आदि समस्या निम्त्याउन सक्छ । लक्षणहरू नदेखाईकन शरीरका प्रमुख अंगहरूलाई क्षति पु¥याउने भएकाले उच्च रक्तचापलाई थाहै नदिई ज्यान लिने रोग पनि भनिन्छ । तर, यसको तत्काल समाधान खोजेर चिकित्सकको परामर्शअनुसार जीवनशैलीमा परिवर्तन गर्दै नियमित औषधि सेवन गरे उच्च रक्तचाप सहजै व्यवस्थापन गर्न सकिन्छ ।

यसो त कतिपय किशोर–किशोरीमा जन्मजात मुटु रोग भएको पाइन्छ । विद्यालयका बालबालिकामा ‘स्ट्रेप’ संक्रमणको समयमा साधारण एन्टिबायोटिक नलिँदा त्यसका जीवाणुले बाथ रोग हुनुका साथै मुटुको भल्भ बिगार्न सक्छन् । यसबारे भने सचेत हुन जरुरी छ । बढ्दो उमेरसँगै धूम्रपान, मद्यपान, शारीरिक बिलासिता, मानसिक तनाव, अनिद्रा, अवस्थकर खानपिन (सागसब्जी कम, मासु बढी, पत्रु खाना वा जंक फुडको मोह, प्लास्टिक र टिनका बट्टाका खानेकुरा) आदिले धेरै जना ‘कोरोनरी’ मुटुरोगको सिकार हुने गरेका छन् ।

मुटु रोगका प्रमुख लक्षणहरू थकाई बढी लाग्नु, सिँढी चढ्न गाह्रो हुनु, छाती दुख्नु, स्वाँस्वाँ हुनु, हातखुट्टा फुल्नु, मुटुको ढुकढुकी तीव्र र चर्को हुनु आदि हुन् । यी लक्षण देखिएमा समयमै उपचार गर्दा राम्रो हुन्छ । यी लक्षण भनेका ह्दयाघात हुन सक्ने सम्भावना हुन् । यस्तो अवस्थामा व्यक्ति बेहोस हुन सक्छन् ।  ह्दयाघात हुँदा प्रायः श्वास फेर्न गाह्रो हुने, छाती बेस्सरी थिचेजस्तो गरी दुख्ने, पसिना आउने, रिंगटा लाग्ने, वाकवाकी÷बान्ता हुनसक्छ ।विभिन्न अनुसन्धानले ह्दयाघात हुँदा महिलाहरूमा पुरुषको तुलनामा अलिक फरक लक्षण देखिन सक्ने औंल्याएका छन् । खासगरी, अपच, जलनजस्ता लक्षण देखिन सक्छन् । महिलाहरूमा ग्यास्ट्रिक बढेको हो कि भनेर प्रायः झुक्किने गरिन्छ र समयमै अस्पताल नपुग्दा रोगको आक्रमण झनै जटिल हुन सक्छ । यस्तो अवस्थामा महिलाहरूलाई ह्दयाघात भए अकालमै मृत्यु हुने सम्भावना बढी हुन्छ । एउटा अर्को अनुसन्धानअनुसार पुरुषको तुलनामा महिलाहरूलाई पहिलो पटक गम्भीर ह्दयाघात भए पाँच वर्षभित्र ह्दयाघातबाट मृत्यु हुने सम्भावना २० प्रतिशत बढी हुन्छ ।

यसैगरी, महिनावारी रोकिएपछि ‘स्ट्रोजन’ नामक हर्मोन कम हुने भएकाले रजोनिवृत्ति भएका महिलामा ह्दयाघात हुने सम्भावना केही बढी हुने कुरा पनि स्वास्थ्य अनुसन्धानले देखाएका छन् । ‘स्ट्रोजन’ले मुटुलाई बलियो राख्न सहयोग गर्छ ।  उच्च रक्तचाप भएका महिला गर्भवती भए ‘प्रि–इक्लाम्सिया’, ‘इक्लाम्सिया’ जस्ता समस्या आउन सक्छन् ।यी समस्या हुने महिलाहरूमा पिसाब कम, शरीर सुन्निने र आँखा धमिलो भए आकस्मिक सेवामा जानुपर्छ । यस्ता समस्या देखिएमा समयमै जाँच गरी उपचार गर्दा राम्रो हुन्छ । त्यस्तै, उच्च रक्तचाप, रगत तथा पिसाबमा प्रोटिनको मात्रा बढी भई सिजर भए गर्भवती महिला र शिशु दुवैको ज्यान जान सक्छ । त्यसैले, कुनैपनि महिलाले गर्भधारण गर्नुअघि स्वास्थ्य जाँच गराउनुपर्छ ।  

कुनै कारणले कसैको मुटुको धड्कन र श्वासप्रश्वास बन्द भई बेहोस भए उसलाई बचाउने एउटै उपाय भनेको जतिसक्दो छिटो ‘सिपिआर’ सुरु गर्नु हो । सिपिआर भनेको काम गर्न छोडेको मुटुलाई जगाउने एउटा उत्कृष्ट उपाय हो । यो विधिमा हातले छातीमाथि सकेको बल लगाएर थिची मुटुले गर्ने काम उद्धारकर्ताले गर्छ । यसो गर्दा मुटुका साथै मस्तिष्कले अक्सिजन भएको रगत पाउँछ र बिरामीलाई स्वास्थ्यकर्मीकहा“ पु¥याउनुअघि तत्कालै मृत्यु हुनबाट बचाउन सकिन्छ । यो सीप जोकसैले पनि केही क्षणमै सिक्न सक्छन् । यस्तो घटना जोकसैको जीवनमा कुनै पनि समयमा हुनसक्छ । त्यसैले, सबै व्यक्तिले सिपिआरको तालिम लिनु आवश्यक छ । तर, महिलाका सन्दर्भमा यसबारेका केही भ्रमहरू त्याग्न जरुरी छ । जस्तै उद्धारकर्ताहरू यौन दुव्र्यवहार वा पीडितलाई चोट पु¥याएको आरोप लाग्छ कि भनेर सिपिआर दिन डराउनु, महिलालाई ह्दयाघातको सम्भावना कम हुने विश्वासमा पाइनु आदि । त्यसैले राम्रो नियतले स्वयंसेवक भई सहयोग गरेको अवस्थामा उद्धारकर्तालाई कुनै कसुर लाग्दैन भन्ने कानुनी तथ्यबारे जनमानसमा सचेतना फैलाउन पनि जरुरी देखिन्छ ।

ह्दयाघातको जोखिमबाट बच्नका लागि वर्षको एकपटक साधारण ईसीजी, ब्लडसुगर र लिपिड प्रोफाइल मात्र हेर्दा पनि प्रारम्भिक चरणमा गरिने निदान र उपचार साथै जीवनशैली परिवर्तनले मुटुरोगबाट आउने भयावह स्थितिलाई कम गर्न सकिन्छ । विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन्– खानेकुरा र शारीरिक व्यायाम मिलाउन सके ७५ प्रतिशत मुटुरोग कम हुन्छ । त्यस्तै, मुटुरोगबाट बच्न तनाव व्यवस्थापन गर्ने, खानामा नुन र चिनीको मात्रा कम गर्ने, बोसोयुक्त खानेकुरा र रातो मासु कम खाने, धूम्रपान नगर्ने, जाँड–रक्सी नखाने वा कम गर्ने, साथै पर्याप्त निद्रा (दैनिक औसत ७–८ घण्टा) आवश्यक छ । निद्रा पुगेन भने त्यसले स्ट्रेस हर्मोन बढाउ“छ र मुटुका धमनी र शिराहरूको भित्ता कमजोर गराई रगत संचालनमा बाधा पु¥याउ“छ ।

जौको भोजनले रजोनिवृत्ति भैसकेका महिलाहरूमा बोसो घटाउनुकासाथै मुटुलाई बलियो राख्न सहयोग गर्छ । त्यसैले महिलाले जौको सेवन गर्नुपर्छ । हुन त, हामी प्रकृतिसँग जति नजिक हुन्छौं त्यति नै रोग विरुद्ध लड्न सक्ने क्षमताको विकास हुन्छ । भौतिक सुविधाको खोजीमा हामीले सहज जीवन त अवश्य पाएका छौं, तर स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विषय बिर्सेका छौं । यही नै दुर्भाग्यपूर्ण अवस्था हो । मुटुको स्वास्थ्य भ्रूणदेखि नै सुरु हुने भएकाले स्वस्थ महिलाले नै स्वस्थ परिवारको निर्माण गर्न सक्छन् । महिलाहरू प्रायः घरको कामसँगै  परिवारको रेखदेखमा व्यस्त हुने भएकाले आफ्नो मुटु कस्तो छ–समय समयमा परीक्षण गराई ढुक्क हुनुपर्छ । विश्वका अन्य मुलुकका तुलनामा नेपालमा मुटु प्रत्यारोपणबाहेक प्रायः सबै खालका मुटुको उपचार सम्भव छ । त्यसैले आत्तिनुभन्दा सचेत र सावधान हुन आवश्यक छ । यसैगरी, मुटुसम्बन्धी ज्ञान विद्यालयका पाठ्यक्रममा राख्ने हो भने राष्ट्रियस्तरबाटै मुटु रोगको न्यूनीकरणमा सहयोग पुग्न सक्छ । हरेक वर्षको सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाइन्छ । यसको उद्देश्य पनि स्वस्थ मुटुका लागि जनचेतना अभिवृद्धि गर्नु हो ।

(शान्ता अमेरिकन हार्ट एसोसिएसनकी प्रशिक्षक हुन् ।)

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>