Successfully Copied

अचूक ओखती: डाबर च्यवनप्रास

डाबर च्यवनप्रासको सेवन रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रभावकारी उपाय हुनसक्छ ।


जाडो मौसम सुरु भएको छ । यसबेला बाथ, मौसमी रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छन् । डाबर च्यवनप्रासको सेवन रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रभावकारी उपाय हुनसक्छ । जसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ र संक्रमणबाट बचाउँछ । केटाकेटी, वयस्क र वृद्धवृद्धा सबै उमेर समूहका मानिसका लागि समान रूपमा सर्वोच्च स्वास्थ्य लाभ दिने च्यवनप्रास जाडोका लागि निकै उपयोगी छ ।
वर्षौंदेखि रुचाइएको च्यवनप्रास मौसमी रुघाखोकी, श्वासप्रश्वासलगायतका समस्या हलका लागि उत्तम र प्रभावकारी छ । आयुर्वेदिक जडीबुटीहरूको चिकित्सकीय परीक्षणद्वारा उत्पादित यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने हेमोग्लोबिन र सेतो रक्तकोषिकाउत्पादनमा मद्दत गर्छ । शरीरलाई डिटोक्सिफिकेसन गर्ने, हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्ने, श्वासप्रश्वास प्रणालीमा फाइदा पुर्‍याउने, शक्ति तथा सहनशक्ति निर्माण गर्नेसमग्र शक्ति र ऊर्जा बढाउने काम गर्छ । डाबर च्यवनप्रासको मुख्य घटक अमला (भारतीय गुजबेरी) हो । गुडुची, अश्वगन्धा, पिप्ली, मुलेठी, हरिताकी, कर्कटश्रृंगी, वासालगायत विभिन्न जडीबुटीको मिश्रणद्वारा च्यवनप्रास उत्पादन गरिएको हो । यसले कोषिकाको उमेर ढिलो गर्छ र छालालाई फ्रि रेडिकल क्षतिबाट समेत बचाउँछ । यसमा पाइने अमला, घिउ र मह पनि स्वस्थ छालाका लागि फाइदाजनक छ । दिनमा एक चम्चा डाबर च्यवनप्रासले ‘डाक्टरलाई टाढा राख्छ’ भन्ने भनाइलाई यसले प्रमाणित गरिदिएको छ ।
जुनसुकै उमेर समूहका मानिसका लागि उपयोगी च्यवनप्रास तीन वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक बिहान–बेलुकी एक–एक चम्चा र वयस्कका लागि बिहान–बेलुकी दैनिक दुई–दुई चम्चा सिधै अथवा तातो दूध वा पानीमा मिसाएर सेवन गर्न सकिन्छ ।

 Image