जाडोमा छालाको हेरचाह
धेरैले गर्मी महिनामा लगाउने स्किनकेयर उत्पादन जाडोमा पनि निरन्तर लगाउँछन्, जुन गलत हो । यसो गर्दा छालाको प्राकृतिक तेल नष्ट हुन्छ, जुन छालाका लागि आवश्यक हुन्छ ।
बूढानीलकण्ठमा सुविधा सम्पन्न ‘हेभेन्स्केप ब्युटी होम’ सञ्चालनमा आएको छ । यस क्षेत्रमा सुविधा सम्पन्न ब्युटी होमको अभाव भएकाले ब्युटी होम सञ्चालनमा ल्याएको सञ्चालिका शर्मिला थापाले जानकारी दिइन् ।

सञ्चालिका थापाका अनुसार उक्त ब्युटी होम अनाथालयमा रहेका बालबालिकाहरूको केश काटेर उद्घाटन गरिएको हो ।