चाडपर्व लक्षित पसल
दसैं–तिहार नजिकिँदै गर्दा बजारमा महँगी हुने र उपभोक्ता ठगिनबाट बचाउन सरकारले यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
काठमाडौंस्थित दरबारमार्गमा कासा बुटिकको तेस्रो शाखा सञ्चालनमा आएको छ । यसअघि बुटिकले काठमाडौंको गैह्रीधारा र ललितपुरको पाटनमा शाखा बिस्तार गरिसकेको छ । काठमाडौं उपत्यकाबाहिर पनि शाखा बिस्तार गर्ने योजना रहेको बुटिककी संचालिका रमिला नेमकुलले बताइन् । ‘अब पोखरा, बुटवल आदि ठाउँमा शाखा बिस्तार गर्ने योजनामा छौं’ उनले भनिन्, ‘आगामी दुई वर्षभित्र हामी अन्तर्राष्ट्रिय स्तरमा पुग्ने योजना पनि छ ।’ कासाले विशेषगरी वेस्टर्न पहिरनलाई ध्यान दिँदै फर्मल, क्याजुअल पहिरनलाई पनि प्राथमिकता दिँदै आएको छ ।