ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
डा. मनोज ढकाल
आयुष अस्पताल
शिरोधारा भनेको के हो ?
शिरो भनेको शिर अनि धारा भनेको शक्ति खन्याउनु, मनतातो मेडिकेटेड ओयद्वारा शिरमा स्पर्श गराउने कार्यलाई शिरोधारा भनिन्छ ।
यसमा के–के प्रयोग हुन्छ ?
दूध, नरिवलको पानी, मेडिकेटेड ओयल अथवा हर्बल ओयल आदि यसमा प्रयोग हुने पदार्थ हुन् ।
शिरोधारा केका लागि गरिन्छ ?
यो पिनास, श्वासप्रश्वासमा समस्या, मानसिक विचलन, टाउको दुखाइलगायत चिसोबाट हुनसक्ने रोगमा उत्तम साबित हुन्छ ।
यसका फाइदा के–के छन् ?
मनतातो तेलको स्पर्शले मस्तिष्कमा शीतलता प्रदान गर्छ अनि रक्त सञ्चार बढाउँछ । गसले ब्रेनमा अल्फाबिटा वेभ उत्पादन गर्न सहयोग पुर्याउने हुँदा डिप्रेसन, एन्जाइटी, अनिन्द्रा आदि समस्या कम गरी स्मरणशक्ति बढाउने काम गर्छ ।
कस्ता मानिसले शिरोधारा लिनुहुँदैन ?
भर्खरै ब्रेन सर्जरी गरेका, ब्रेन ट्युमर भएका, टाउकोमा घाउ–चोटपटक लागेका, ज्वरो आएका तथा सनबर्न भएकाहरूले नगर्नु नै उपयुक्त हुन्छ ।
पोटली मसाज
सुदर्शन बस्नेत
अध्यक्ष, सुस्वास्थ अस्पताल
पोटली मसाज के हो ?
पोटली मसाज विभिन्न आयुर्वेदिक जडीबुटीलाई सफा मलमलको कपडामा पोको पारेर त्यसलाई वाफ वा हर्बल तेलमा तताई त्यही पोकाले तातो दिँदै मालिस गर्ने विधि हो ।
यो कुन पद्धतिको उपचार विधि हो ?
यो आयुर्वेदिक पञ्चकर्मको एक विधि हो ।
यसका फाइदा के–कस्ता छन् ?
यसले विशेषगरी रक्त सञ्चार वृद्धि गर्छ जसले गर्दा शरीरका टिस्युहरूमा अक्सिजन र न्युट्रिसनको वितरण बढ्छ अनि रोगको हिलिङ छिटो हुन्छ । यो मसाजले शरीरका छिद्रहरू खोलिदिन्छ र टक्सिन बाहिर निकाल्न सहयोग पुर्याउँछ । यसको अर्को फाइदा भनेको मांसपेशीको लचकता बढाई छालालाई मुलायम बनाउनुका साथै चिसोका कारण आउने समस्या कम गर्नु पनि हो ।
यो कसले गर्न हुन्छ, कसले गर्नुहुँदैन ?
धेरै ज्वरो आएकाहरू, गर्भवती महिला तथा छालामा संक्रमण भएकाहरूबाहेक अरू सबैले गर्दा हुन्छ ।