Successfully Copied

सामसङ ग्यालेक्सी एस २५ सार्वजनिक

ग्यालेक्सी एस २५ अल्ट्रा १२ र ५१२ जिबी र्‍याम र स्टोरेज रहेको टाइटेनियम, सिल्भरब्लु, टाइटेनियम ह्वाइट सिल्भर, टाइटेनियम ब्ल्याक कलर रहेको छ ।


सामसङले ग्यालेक्सी एस २५ सार्वजनिक गरेको छ । योसँगै सामसङ नेपालले बजारमा प्रि–अर्डर सुरु भएको जनाएको छ । सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा, सामसङ ग्यालेक्सी एस २५ प्लस र ग्यालेक्सी एस २५ को प्रि–अर्डर घोषणा भएको हो ।
सामसङ ग्यालेक्सी एस २५ सिरिज कम्पनीको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम रहेको जनाइएको छ । यो एआई एजेन्ट, मल्टिमोडल क्षमतालाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य कम्पनीको रहेको बताइएको छ । यो सिरिजमा व्यक्तिगत डेटा इन्जिन तथा नोक्स भाल्टले व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्ने विशेषता छ । साथै यसमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ५० एमपी अल्ट्रावाइड क्यामेरा र १०–बिट एचडीआर रेकर्डिङ गर्ने विशेषता छ । बजारमा फागुन १ गतेदेखि यो मोबाइल उपलब्ध हुनेछ । ग्यालेक्सी एस २५ अल्ट्रा १२ र ५१२ जिबी र्‍याम र स्टोरेज रहेको टाइटेनियम, सिल्भरब्लु, टाइटेनियम ह्वाइट सिल्भर, टाइटेनियम ब्ल्याक कलर रहेको छ । यसको मूल्य १,९९,९९९ रुपैयाँ पर्नेछ ।

 Image