Successfully Copied

गर्मीका फेसन 

फेसन पारखीहरूले गर्मी मौसममा फेसनेबल देखिन चुनौतीपूर्ण हुने गरेको गुसानो गर्छन् । एकातिर चर्को घामले बाहिर निस्कनै मुस्किल हुन्छ । अर्कातिर गर्मीबाट बच्न र ट्रेन्डी देखिनुपर्ने हुन्छ । गर्मीको फेसनमा सबैभन्दा पहिला सहजतामा ध्यान दिनुपर्छ ।

फेसन पारखीहरूले गर्मी मौसममा फेसनेबल देखिन चुनौतीपूर्ण हुने गरेको गुसानो गर्छन् । एकातिर चर्को घामले बाहिर निस्कनै मुस्किल हुन्छ । अर्कातिर गर्मीबाट बच्न र ट्रेन्डी देखिनुपर्ने हुन्छ । गर्मीको फेसनमा सबैभन्दा पहिला सहजतामा ध्यान दिनुपर्छ । जुन पहिरन आफूलाई सहज लाग्छ त्यही छनोट गर्नुपर्छ । 

पछिल्लो समय ८०–९० ताकाको फेसन दोहरिन थालेको छ । त्यसो त फेसन डिजाइनरहरूले नै भन्ने गरेका छन्, ‘फेसनमा नयाँ प्रयोग हुने भन्दा पनि पुरानोको पुनरावृत्ति हुने क्रम बढी चल्छ । अचेल बेली पाइन्ट लगाउने चलन छ । प्रिन्टेड सर्ट, बेली पाइन्टको फेसन पुनः दोहोरिएको छ ।

खासगरी पहिरनको छनोट आफ्नो पेसा, उमेर र अवसरअनुसार गर्नुपर्छ । गर्मी मौसममा धेरैजसो युवतीहरू वेस्टर्न आउटफिटमा हिँड्न रुचाउँछन् । अफिसका लागि सर्ट, ट्रेन्डी कुर्ती, लिनन पेन्ट लगाउन सकिन्छ भने कलेज जाँदा डेनिम, क्रप टप, टि–सर्ट रोज्न सकिन्छ । घुमघामका लागि वानपिस, सर्टस्, स्लिभलेस टि–सर्ट, फ्लेयर्ड ट्राउजर लगाउन सकिन्छ । त्यस्तै पार्टीमा गाउन, लंग ड्रेस चल्तीमा छन् । 

सजिलोका लागि लुज पहिरन 

फिटिङ पहिरनभन्दा लुज पहिरन सहज हुन्छ । शरीरमा टाँसिएको कपडाले पसिना आउने भएकाले गर्मी महसुस गराउँछ । हिँडडुल गर्दा होस् वा कुनै काम गर्दा लुज वा हल्का पहिरन उपयुक्त हुन्छ । गर्मीमा त्यसै पनि बढी पसिना निस्कने भएकाले फिटिङ पहिरन लगाउनु हुँदैन । लुज पहिरनमा पसिना आउने तथा बाफिने समस्या हुँदैन । गर्मीमा छोटो पहिरन त्यति उपयोगी हुँदैन । घाममा बाहिर निस्कँदा शरीर पूरै ढाक्ने पहिरन लगाउनुपर्छ । यसले छाला कालो हुने, एलर्जी हुने, रुखो हुने समस्या हुँदैन । सिफन, कटन, जर्जेटजस्ता फेब्रिकबाट बनेका पहिरन लगाउन सकिन्छ । सर्ट ड्रेस, प्लाजो, सर्ट, एसिमिट्रिकल टप, कटन कुर्ती, क्रप टप आदि उपयोगी हुन्छन् । 

उज्यालो रंग नै उपयोगी

गर्मीका लागि सबैभन्दा उपयोगी सेतो रंग हो । यो मौसमको सदाबहार रंग हो । गाढा रंग गर्मीका लागि उपयुक्त हुँदैन । यसले झन् गर्मी महसुस गराउँछ । सेतो रंगका पहिरन लगाउँदा शीतल महसुस हुन्छ । सूर्यको परावैजनी किरणलाई परिवर्तित गर्ने भएकाले यो रंगको पहिरनको छनोट राम्रो हुन्छ । पूरै सेतो पहिरन मन नपराउनेहरूले सेतोसँग पिंक, एक्वा, लेमन एल्लोको संयोजन मिलाएर लगाउन सक्छन् । यो मौसममा कालो, बैजनी, नीलो, रातो, हरियो रंगको साटो हल्का रंगको पहिरन छनोट गर्नुपर्छ । हल्का रंगले शीतल अनुभव गराउँछ । स्ट्रबेरी आइस, गुलाबी रंगको सेड्स, पहेंलो र हरियो रंगको हल्का पेस्टल सेड्सको पहिरनले आकर्षक र प्रभावशाली देखाउँछ । त्यस्तै, क्रिम, एक्वा, सी ग्रिनजस्ता रंगले गर्मीमा राहत दिन्छन् । 

प्रिन्टमा विशेष ध्यान 

गर्मीमा ‘कुल’ देखिन फूलबुट्टे प्रिन्ट भएको पहिरन रोज्न सकिन्छ । यस्तो प्रिन्ट भएको पहिरनले स्टाइलिस देखाउँछ । अर्को फूलबुट्टे प्रिन्ट भएको पहिरनले जवान देखाउँछ । उखरमाउलो गर्मीमा फूलबुट्टे पहिरनले आँखालाई शीतल महसुस गराउँछ । यसबाट बनेको पहिरनको विशेषता भनेको जुनसुकै वर्ण, उचाइ भएकाहरूलाई सुहाउँछ । मोटो शरीरभएकाहरूले स–साना बुट्टा र पातलोले ठूला बुट्टा भएको पहिरनको छनोट गर्नुपर्छ । फुलबुट्टे प्रिन्ट भएको वान पिस, टिसर्ट, प्लाजो, ब्लेजर लगाउन सकिन्छ । यस्ता पहिरन सहज हुन्छन् । सिम्पल र क्याजुअल लुकका लागि फूलबुट्टे प्रिन्ट भएको पहिरन उपयोगी हुन्छ । त्यसका अतिरिक्त जनावरका चित्र, पुतली वा चराहरू, फलफूलका प्रिन्ट भएका पहिरनले पनि गर्मीमा शीतल र स्टाइलिस देखाउन सहयोग गर्छन् । स्ट्राइप प्रिन्ट सदाबहार फेसनमा रहने भएकाले यस्ता प्रिन्ट भएको पहिरन लगाउन सकिन्छ । 

सही फेब्रिकको छनोट

यो मौसमका लागि सबैभन्दा उपयोगी फेब्रिक भनेको सुतीको पहिरन हो । सुतीबाट बनेको पहिरन निकै आरामदायक हुन्छ । यसले पसिना सोस्छ । त्यसका अतिरिक्त विस्कोस, रेयान क्रेप, फ्लेक्स वा लिनन गर्मीका अनुकूल फेब्रिक हुन् । सुतीको सर्ट ड्रेस, सिफन वा जर्जेटको म्याक्सी गाउन, सुतीको कुर्ती वा ट्युनिक आदिले गर्मीमा शीतल र स्टाइलिस देखाउँछ । अन्य फेब्रिकले छाला चिलाउने, पोल्ने, र्‍यासेजहरू आउने हुनुका साथै यस्ता फेब्रिकले अझ गर्मी महसुस गराउँछन् । सुतीको कपडा स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । 

शीतलताका लागि चिकन पहिरन 

गर्मीमा शीतल महसुस गर्नका लागि चिकन प्याट्रन भएको पहिरन लगाउन सकिन्छ । यो विशेषगरी गर्मीका लागि भनेर तयार गरिएको हो । यो सिफन, कटन र जर्जेट फेब्रिकमा बनाइएको हुन्छ । यसमा कढाई चिकन वर्क गरिएको हुन्छ । यसका सर्ट, स्कर्ट, कुर्ती, टप, टिसर्ट आदि पहिरन बजारमा स्टाइलिस डिजाइमा सजिलै पाइन्छन् । यस्ता पहिरन लगाएर स्टाइलिसमात्र होइन शीतल महसुस गर्न सकिन्छ । 

 Image