Successfully Copied

तीजमा कस्तो पहिरन लगाउने ?

‘हरेक पर्वमा यहाँ इन्डो–वेस्ट्रसन पहिरन नै चल्छ’ फेसन डिजाइनर अमीशा सुनाम भन्छिन्, ‘भारतीय र पाकिस्तानी बजारमा कस्तो पहिरनको ट्रेन्ड चलिरहेको छ, त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ ।’ भारतीय बजारमा अहिले रातो रंगमा रातोले नै बुट्टा भरेको चलेको छ । यो पटकको तीजमा


हिन्दू महिलाको महान् चाड तीज नजिकिँदैछ । धेरैलाई त्यो महत्वपूर्ण दिन कस्तो पहिरन लगाउने भन्ने द्विविधा हुन्छ । हुन त तीजमा लगाउने पहिरनमा धेरै भेराइटी, डिजाइन र स्टाइलमा उपलब्ध हुन्छन् । बजारमा तीज लक्षित विभिन्न डिजाइनका पहिरन भित्रिन थाल्छन् । फेसन डिजाइनर तीजमा नयाँ–नयाँ डिजाइनका पहिरन बनाउन हतारिरहेका हुन्छन् ।
‘हरेक पर्वमा यहाँ इन्डो–वेस्ट्रसन पहिरन नै चल्छ’ फेसन डिजाइनर अमीशा सुनाम भन्छिन्, ‘भारतीय र पाकिस्तानी बजारमा कस्तो पहिरनको ट्रेन्ड चलिरहेको छ, त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ ।’ भारतीय बजारमा अहिले रातो रंगमा रातोले नै बुट्टा भरेको चलेको छ । यो पटकको तीजमा त्यही पहिरन चल्ने अमीशा बताउँछिन् ।
तीजमा धेरैले रातो रंगको पहिरन लगाउँछन् । अमीशा भन्छिन्, ‘तर यो पटकको तीजमा रातोसँगै पिंक रंग धेरैको रोजाइ बनेको छ ।’ कुनै बेला रातो रंग विवाहित महिलाले मात्रै लगाउनुपर्छ भन्ने सोच थियो । तर अहिले युवतीहरूले पनि रातो रंग मन पराउन थालेको उनको भनाइ छ ।


अघिल्लो वर्षदेखि कपालमा लाछी लगाउने फेसन चलेको छ । अमीशाका अनुसार यो पटक पनि कपालमा लाछी लगाउने फेसन दोहोरिन्छ । उनी भन्छिन्, ‘धेरैले हातमा काँचको चुरा लगाउन छाडिसकेका थिए । अहिले विवाहित वा अविवाहित सबैको हातमा रातो चुरा देखिन थालेको छ ।’ त्यसैगरी, गहनामा ‘लेयर्ड’ चलेको छ ।
फेसन डिजाइनर तेन्जिङ छेतन भुटियाका अनुसार तीजमा रातो रंग चल्ने हो । उनी भन्छन्, ‘अरुभन्दा भिन्न देखिन रातोमा एक सेड गाढा वा एक सेड हल्का रोज्न सकिन्छ । टिनएजर्सहरूका लागि हल्का सेड उपयुक्त हुन्छ ।’ तीजमा धेरैले साडी नै रुचाउँछन् । डिजाइन गरिएको साडीभन्दा रेडिमेड साडी महिलाको रोजाइका पर्ने गरेको छ । रेडिमेड साडी हल्का र लगाउन पनि सजिलो हुने उनी बताउँछन् ।

कुर्ता
साडी लगाउन झन्झट लाग्नेले कुर्ता लगाउन सक्छन् । कुर्ता ‘क्यारी’ गर्न सजिलो हुन्छ । लामो कुर्तामा सिफनको सलले आकर्षक ‘लुक’ दिन्छ । यसमा कानमा ‘इयरिङ’ ठूलो लगाउँदा निकै खुल्छ । त्यसबाहेक सरारा पनि फेसनमा छ । सरारामा छोटो वा‘फ्रक स्टाइल’ कुर्तीसँग लगाउँदा आकर्षक देखिन्छ । मोटो शरीर भएकाले ‘फ्रक स्टाइल’को कुर्ती लगाउँदा ‘बेली फ्याट’ कम देखिन्छ । यसमा सल र ‘पोटली ब्याग म्याचिङ’ गर्न सकिन्छ । सरारा सेट लगाउँदा यसको डिजाइनमा विशेष ध्यान दिनुपर्छ । यदि सरारामा हेभी वर्क गरिएको छ, इम्ब्रोइडरी गरिएको छ भने कुर्ता सादा हुनुपर्छ । कुर्तामा ‘हेभी वर्क’ गरिएको छ भने सल र सरारा साधारण लगाउनुपर्छ । त्यसबाहेक साधारण कुर्तामा ‘हेभी सल’ लगाउन सकिन्छ । यसमा बनारसी, बुट्टा भरेको सलले आकर्षक ‘लुक’ दिन्छ । कुर्तासँग हल्का गहना लगाउन सकिन्छ ।

साडी
तीजमा सबैभन्दा रुचाइने पहिरन साडी हो । विवाहित महिलाले प्रायः साडी नै लगाउँछन् । त्यसका लागि बनारसी, सिफन, जर्जेट, सिल्क वा ओर्गेन्जा साडी चल्तीमा छन् । साडी सदाबहार पहिरन मात्र होइनयसले ‘फेस्टिभ लुक’ पनि दिन्छ । साडीमा डिजाइन वा लगाउने शैली फरक गर्न सकिन्छ । यसले अरुभन्दा फरक र ‘स्टाइलिस’ देखाउ“छ । ब्लाउजमा धेरै डिजाइन आएको छ । त्यसमा आफ्नो रुचिअनुसार छनोट गर्न सकिन्छ ।


लेहेंगा
तीजमा लेहेंगा पनि लगाउनसकिन्छ । प्रायः भर्खरै विवाह भएकाले पहिलो तीजमा लेहेंगा नै लगाउने गरेका छन् । पहिलो तीजमा धेरैले विवाहकै लेहेंगा लगाउ“छन् । बजारमा साधारण र डिजाइन गरिएका लेहेंगा सजिलै पाइन्छन् । धेरैजसो युवतीहरूले ‘क्रप टप’ सँग लेहेंगा लगाउन सक्छन् ।



गाउन
टिनएजर्सले गाउन लगाउन सक्छन् । गाउनको फेसन अहिले उत्कर्षमा पुगेको छ । अहिले बजारमा रेडिमेड गाउन पाइन्छन्। गाउन विभिन्न फेब्रिक, डिजाइन एवं रंगमा उपलब्ध छन् । आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सकिन्छ । इम्ब्रोइडरी गरेको वा सिम्पल गाउन आफ्नो रुचिअनुसार छनोट गर्न सकिन्छ । अहिले अफ सोल्जर, सिंगल सोल्जर, बोट नेक गाउनचल्तीमा छ । ‘स्टाइलिस लुक’ का लागि यी गाउन रोज्न सकिन्छ । 

 Image