Successfully Copied

बर्गर

सामग्री : ताजा बन, बटर, लेट्युस, गोलभेंडा, काँक्राको अचार, क्रन्ची चिकेन,  आयो ओली सस ।

सामग्री : ताजा बन, बटर, लेट्युस, गोलभेंडा, काँक्राको अचार, क्रन्ची चिकेन, 

आयो ओली सस ।

बन बनाउनका लागि

सामग्री : मैदा, अण्डा, इस्ट, बेकिङ प्रोभर ।

विधि : यी सबै सामग्री मिक्स गरेर ४५ मिनेटसम्म छोडिदिने र बाहिर निकालेर १२ मिनेटसम्म ओभनमा बेक गर्ने । 

बर्गर बनाउने विधि : बनलाई बीचमा काटेर आधा बनाउने र त्यसमा बटर गर्ने । त्यसपछि ग्रिल्डमा हिट गर्ने । अब त्यसमा लेट्युस राख्ने, एक सेन्टिमिटर गोलभेंडा राख्ने, तीन वटा काँक्राको स्लाइस पिकल राख्ने । त्यसमाथि क्रन्ची चिकेन राख्ने । माथिबाट आयो ओली सस राख्ने । बनको माथिल्लो भाग ‘क्राउन’ लाई तातो गरेर माथिबाट ढाक्ने । यसमा चीज राखेर पनि खान सकिन्छ । 

- रविन कटुवाल

  सञ्चालक, बर्गर डटकम

 Image