Successfully Copied

भिगेनको उपकरणबाट थेरापी

भिगेनको थेरापी उपकरण मानिसको उपचार सेवामा टेवा पुर्‍याइरहेको छ । यो उपकरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको छ । 

दक्षिण कोरियाली कम्पनी ‘भिगेन मेडिकल’ ले नेपालमा ‘बिटिफिक स्पा’ मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने चिकित्सकीय उपकरणबाट नेपालमा निःशुल्क थेरापी सेवा दिने गरेको छ । उपकरण र थेरापीबारे स्पाका सञ्चालक मेचीबादे श्रेष्ठसँग गरिएको कुराकानी :

मेचीबादे श्रेष्ठ

भिगेनको थेरापी उपकरणबारे केही बताइदिनुस् न ?

भिगेनको थेरापी उपकरण मानिसको उपचार सेवामा टेवा पुर्‍याइरहेको छ । यो उपकरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको छ । 

थेरापी कसरी संचालन गरिरहनुभएको छ ?

थेरापी दुई तरिकाले सञ्चालन गरिरहेका छौं । आर्थिक रूपमा सम्पन्न भएकाहरूलाई सशुल्क र विपन्नहरूलाई निःशुल्क सेवा दिन्छौं ।

थेरापी क–कसका लागि उपयोगी छ ?

विशेषगरी मेरुदण्ड, मिर्गौलासम्बन्धी समस्या, हातखुट्टा, कम्मरको दुखाइ, रक्तचाप र मुटुसम्बन्धी समस्याहरू, पायल्स, ग्यास्ट्राइटिस, कब्जियत, टन्सिल, थाइराइड, मोटोपन, मधुमेह, प्यारालाइसिस, निद्रा नलाग्ने एवं प्रोस्टेटका समस्या, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, निमोनियाँ, एलर्जी, माइग्रेन, पाठेघर, महिनावारीको समस्या हुनेहरूका लागि उपयोगी छ । हरेक उमेर समूहले यो सेवा लिन सक्छन् । 

तपाईंको कम्पनीको थेरापी सेवा कहाँ उपलब्ध छ ?

थेरापी स्पामा वा आफ्नै घरमा मेसिन राखेर पनि गर्न सकिन्छ । यसका सामानहरू केही महँगा छन् । जस्तै ‘इटियस म्याट’ को मूल्य एक लाखजति पर्छ । पछिल्लो समय यो म्याटको लोकप्रियता बढ्दो छ । 

यो ‘इटियस म्याट’ के हो ? 

यो कम्पनीका विभिन्न थेरापीका मेसिन छन् । यसका विभिन्न मोड हुन्छन् । अटो, म्यानुअल तथा मसाज मोड आदि मोडहरूबाट सेवा लिन सकिन्छ । 

 

 Image