Successfully Copied

आर्थिक सबलीकरणले महिला सशक्त

कामप्रति लगनशील, जिम्मेवार र इमान्दारिताले सफल उद्यमी बन्न सकिन्छ । 

सफल उद्यमी कसरी बन्न सकिन्छ ?

कामप्रति लगनशील, जिम्मेवार र इमान्दारिताले सफल उद्यमी बन्न सकिन्छ । 

उद्यमशीलताका लागि आवश्यक तत्व के–के हुन् ?

उद्यमशीलतामा उतार चढाव आइराख्छन् । जस्तोसुकै परिस्थिति आइपरे पनि धैर्य गुमाउनु हुँदैन । लगनशीलतालाई निरन्तरता दिन सक्नुपर्छ । व्यक्तिगत र व्यावसायिक रूपमा बाधा–अड्चन आउँदा सत्यता के हो भनेर पत्ता लगाउने क्षमता हुनुपर्छ । 

नेपाली उद्यमशीलताका क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरू के–के देख्नुहुन्छ ?

आफ्नै देशमा पसिना बगाएर केही गर्न सकिन्छ भन्ने सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ । काम सानो–ठूलो भन्ने हुँदैन, सानोबाट सुरु गरेर ठूला व्यवसायमा परिमार्जित र परिस्कृत हुन सकिन्छ । राज्यका तर्फबाट उद्यमशीलताका लागि प्रोत्साहन मिल्ने खालको नीति बन्नुपर्छ । सोहीअनुसारको काम गर्ने वातावरण राज्यबाटै प्रदान गरिनुपर्छ । उद्यमशील सोच र सिर्जना भएकाहरूलाई राज्यले नै प्रोत्साहित गर्नुपर्छ । 

उद्यमले महिला सशक्तीकरणमा कस्तो भूमिका खेल्छ ?

महत्वपूर्ण भूमिका खेल्छ । महिला आत्मनिर्भर बन्ने कसी नै यही हो । जब उनीहरूको आर्थिक सबलीकरण हुन्छ तब मात्रै महिला सशक्त र नेतृत्वकर्ता बन्न सक्छन् । 

सफलताका लागि आर्थिक सबलीकरण महत्वपूर्ण हुन्छ कि बलियो शिक्षा ?

मेरो विचारमा दुवै एक–अर्काका परिपूरक हुन् । अर्थ र शिक्षा दुवैको समन्वयमा आफ्नो गन्तव्यमा पुग्न सहज हुन्छ । दलित, पछाडि परेका र पारिएका महिलाका लागि विभिन्न तालिम, सीपमूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ जसले उनीहरूको आर्थिक सबलीकरणमा भूमिका खेल्न सहयोग पुर्‍याउँछ । 

नेपालमा महिला उद्यमीका लागि के–कस्ता बाधा र चुनौती देख्नुहुन्छ ?

पहिलेको तुलनामा अहिले निकै सहज वातावरण मिलेको छ । तर यसो हुँदाहुँदै महिलाका लागि गरिने परम्परागत व्यवहार, संस्कार र संस्कृतिले गर्दा उनीहरू स्वयं घरबाट बाहिर निस्किन हिच्किचाइरहेका छन् । तसर्थ महिला स्वयं जागरुक र अग्रसर हुनु जरुरी छ । 

व्यवसायका साथै समाजसेवामा पनि आबद्ध हुनुहुन्छ । कसरी समय व्यवस्थापन गरिरहनुभएको छ ?

अटोमोबाइल्स व्यवसायका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध छु । मानिसले चाह्यो भने गर्न नसक्ने केही छैन । 

 Image