होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

सजामा नेपाली
मानिसका लागि नभई नहुने खाद्यवस्तुमा फलफूल तथा तरकारी पनि एक हो । हामीले यी खाद्यवस्तु स्वादभन्दा पनि पौष्टिक तत्वका आधारमा छनौट गर्नुपर्छ । प्रचुर मात्रामा भिटामिन, खनिज पदार्थ तथा रेसा भएको फलफूल र तरकारी छनौट गर्दा राम्रो हुन्छ ।
हरियो सागपात तथा तरकारीको सेवनले आँखालाई राम्रो गर्छ । साना बालबालिकादेखि बूढाबूढी सबैले यसको सेवन गर्नुपर्छ । फलफूल तथा तरकारीले मोटोपना वा तौल घटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन सहयोग गर्छ । विश्व स्वास्थ्य संगठन अनुसार मुटु तथा अन्य दीर्घकालीन रोग लागेकाहरूले हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानु पर्छ । तर यो मापदण्ड बहुसंख्यकले पालना गरेको पाईदैन । बिरामी पर्दा मात्रै पौष्टिक तत्व भएको फलफूल तथा तरकारी खाने मानसिकता धेरैको रहेको पाइन्छ । फलफूल तथा तरकारीमा चिल्लो पदार्थ न्यून मात्रामा पाइन्छ । तर, भिटामिन तथा खनिज पदार्थहरू प्रशस्त पाइने हुनाले यसको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसको उपभोगले न्यून तथा उच्च पोषण जस्ता दुवै प्रकारका कुपोषणका समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्छ ।
एउटा उदेक लाग्दो कुरा त के छ भने नेपाललगायत दक्षिण एसिया, अफ्रिकी मुलुकहरूमा फलफूल तथा तरकारीको खेतीपातीदेखि प्लेटसम्म पस्किने क्रममा महिलाको मुख्य भूमिका रहेको पाइन्छ । तर तिनै महिलाको पहुँचमा यो छैन । अझ धेरै बालबालिका यसको सेवनबाट बञ्चित छन् । यसले गर्दा उनीहरूमा कुपोषणको दर बढी छ ।
यसैगरी, हामीले मौसमी फलफूल तथा तरकारीको सेवनमा विशेष ध्यान दिनुपर्छ । किनभने यसमा विषादीको प्रयोग नगन्य गरेको पाईन्छ । अर्को कुरो, यो ताजा र मौसम सुहाउँदो पनि हुन्छ । काँचै खान सकिने यस्ता तरकारी तथा फलफूल पानीले राम्ररी पखालेर मात्र सेवन गर्नुपर्छ । अन्य अन्नको दाँजोमा फलफूल तथा तरकारी छिटै कुहिने भएकाले यसलाई जतिसक्दो चाँडो प्रयोग गर्नुपर्छ वा सुरक्षित भण्डारण गर्नुपर्छ ।
कतिपय खान सकिने फलफूल तथा तरकारीको पहिचान अझै हुन सकेको छैन । कुनै भूभागमा प्रयोग गरिने फलफूल तथा तरकारी अर्को भूगोलमा प्रयोग गरेको पाईदैन । त्यसता फलफूल तथा तरकारीहरू खेर गईरहेको पनि हुन सक्छ । त्यसैले त्यसको पहिचान जरुरी छ । लट्टेको साग, खोलेको साग, सिस्नुको साग सबै ठाउँमा एकैनासले प्रयोग गरेको पाईदैन । प्रचुर मात्रामा पौष्टिकता पाइने यी खेर गईरहेको खाद्यवस्तुको प्रयोगमा जोड दिनुपर्छ । साथै भूगोल अनुसार यस्तो खेर गईरहेका तरकारी तथा फलफूलहरूबारे अनुसन्धान गरी प्रयोगका लागि जनचेतना फैलाउनु पर्ने आवश्यकता छ ।
त्यस्तै, फलफूल तथा तरकारी खेती थोरै जमिनमा पनि गर्न सकिने भएकाले घर वरपर खेर गएको क्षेत्रलाई यसका लागि उपयोगमा ल्याउन सकिन्छ । गमलामा पनि सजिलै यसको खेती गर्न सकिने भएकाले पछिल्लो समय सहरी क्षेत्रमा बार्दली खेती राम्ररी फस्टाउदै गएको छ । साना किसानहरूलाई यसको खेती गर्न प्रोत्साहित गरे कृषि क्षेत्रमा टेवा पुग्न सक्छ । यसबाट राम्रो आम्दानी हुन सक्ने भएकाले साना उनीहरूको आर्थिक आर्थिक अवस्थामा सुधार ल्याउन सक्छन् । नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि फलफूल तथा तरकारी खेतीमा आत्मनिर्भर बन्न सकेको छैन । नेपालमा वर्षेनी अरबौं रकमको फलफूल तथा तरकारी भित्रिने तितो सत्य जस्तै बनेको छ । सम्बन्धित निकायले फलफूल तथा तरकारी खेतीमा विशेष जोड दिन जरुरी छ ।
(लेखक जनस्वास्थ्य र पोषणविज्ञ हुन्)