Successfully Copied

सुन्दर आँखीभौं ‘माइक्रोब्लेडिङ’

‘माइक्रोब्लेडिङ’ भनेको आँखीभौं हुबहु प्राकृतिकजस्तै मिलाउनु हो । पहिला आँखीभौं ‘मसी’ ले उतारिन्छ त्यसपछि ब्लेडले कोरिन्छ ।

शारदा थापा क्षत्री

सामान्यतया प्राकृतिक सौन्दर्य हामी सबैमा हुन्छ । तर पनि सबैमा केही न केही कमीको महसुस हुन्छ । त्यस्तै समस्यामध्ये एक हो, आँखीभौं । अनुहारको सुन्दरतामा यसले धेरै महत्व राख्छ । बाक्लो र लामो मिलेको आँखीभौं सबैको रोजाइमा पर्छ । जसको आँखीभौं पातलो छ त्यसका लागि पछिल्लो समय बजारमा नयाँ प्रविधि ‘माइक्रोब्लेडिङ’ आएको छ ।

यो प्रविधि मंगोलियन अनुहारका लागि प्रभावकारी र वरदानकै रूपमा देखिएको छ । अघिल्लो वर्ष मात्रै नेपाली बजारमा यो प्रवेश गरेको हो । यसअघि ‘माइक्रोब्लेडिङ’ भनेर आँखीभौंमा ट्याटु खोप्ने गरिन्थ्यो तर त्यो असफल हुन गयो । ट्याटु पुरानो हुँदै गएपछि नीलो हुने, पूरै धब्बाजस्तो देखिने भएकाले यो बजारमा धेरै टिक्न सकेन । अहिले ‘माइक्रोब्लेडिङ’ ले राम्रो बजार लिएको छ ।

के हो माइक्रोब्लेडिङ ?

‘माइक्रोब्लेडिङ’ भनेको आँखीभौं हुबहु प्राकृतिकजस्तै मिलाउनु हो । पहिला आँखीभौं ‘मसी’ ले उतारिन्छ त्यसपछि ब्लेडले कोरिन्छ । दुखाइ कम गर्न यसमा क्रिमको प्रयोग गरिन्छ । आँखीभौंको रंग कस्तो गर्ने भन्ने कुरा ग्राहकमा भर पर्छ ।

‘माइक्रोबेल्डिङ’ गरी बनाइएको आँखीभौं कृत्रिम देखिँदैन । त्यसैले यो धेरैको रोजाइ बनेको छ । यसको कुनै ‘साइड इफेक्ट’ छैन । यो ट्याटुजस्तो स्थायी नभए पनि ३–४ वर्षसम्म टिक्छ । त्यसपछि ‘रि–टच’ गर्नुपर्ने हुन्छ ।

कति सुरक्षित छ ?

‘माइक्रोब्लेडिङ’ एक सुरक्षित र सजिलो उपाय हो । यसमा पहिले आइब्रोको हल्का मसाज गरिन्छ । त्यसपछि मात्र यसको प्रक्रिया सुरु गरिन्छ । यस क्रममा ब्लेडको आवाज सुन्न सकिन्छ । तर आत्तिनुपर्दैन । यो प्रक्रिया गर्दा दुखाइ महसुस हुँदैन ।

‘माइक्रोब्लेडिङ’ गर्नुअघि

- एक साता थ्रेडिङ वा वाक्स गर्नुहुँदैन ।

- फेसियल गरेको हुनुहुँदैन ।

- ओलिभ ओयल वा भिटामिन ‘ई’, ‘ए’ को प्रयोग गरेको हुनुहुँदैन ।

- महिना अघिदेखि रेटिनलयुक्त उत्पादन बन्द गर्नुपर्छ ।

- यो उपचार गर्नु २४ घन्टाअघि एस्पिरिन वा आइब्रुफिनको सेवन गर्नु हुँदैन ।

- ‘माइक्रोब्लेडिङ गरेपछि व्यायाम गर्नुहुँदैन ।

- आइब्रोमा कलर गर्नुर्हुँदैन ।

- ४८ घन्टासम्म धूम्रपान, मद्यपान गर्नुहुँदैन ।

(थापा माइक्रोब्लेडिङ विशेषज्ञ हुन् )

 Image