Successfully Copied

सञ्जुको ‘इन्द्रेणी स्पर्श’

चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारी सानैदेखि पढाइसँगै नृत्य, खेलकुद एवं साहित्यमा सहभागी हुँदै विभिन्न पदक जितिसकेकी छन् । सितेरियो कराँते खेलका विभिन्न प्रतियोगितामा विजयी उनले चार्टर्ड एकाउन्टेन्सीको पढाइका लागि भारत जाँदा त्यसलाई निरन्तरता दिन सकिनन् । दुई बच्चाको हेरचाह, घर–व्यवहारको व्यस्तताका बाबजुद युनाइटेड

चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारी सानैदेखि पढाइसँगै नृत्य, खेलकुद एवं साहित्यमा सहभागी हुँदै विभिन्न पदक जितिसकेकी छन् । सितेरियो कराँते खेलका विभिन्न प्रतियोगितामा विजयी उनले चार्टर्ड एकाउन्टेन्सीको पढाइका लागि भारत जाँदा त्यसलाई निरन्तरता दिन सकिनन् । दुई बच्चाको हेरचाह, घर–व्यवहारको व्यस्तताका बाबजुद  युनाइटेड फाइनान्स र एनआइसी एसिया लघुवित्त कम्पनीमा सञ्चालकको जिम्मेवारी बहन गरी आर्थिक तथा सामाजिक विषयहरूमा विभिन्न पत्रपत्रिकामा लेख लेखिरहने सञ्जुको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ बजारमा आएको छ ।

नारी जीवनका भाव, यात्रा तथा संवेदनाका रंग समेटेर लेखिएको उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने चरित्रमार्फत नारीको आवाज मुखरित गर्न खोजिएको छ । उपन्यासमा पात्रको व्यक्तिगत भोगाइ र प्रतिक्रिया सबै कथा परिस्थितिअनुसार झल्किएका छन् । मानव जीवनका अनेकौं सम्बन्धका रंगले अन्तर्मन छुँदै इन्द्रेणी स्पर्शलार्ई अनुभव गर्दा नेपाली माटो, परिवेश, जीवनशैली, सोच र भावनालार्ई न्याय गर्ने कथा हो ‘इन्द्रेणी स्पर्श’ । कथा र त्यसका पात्रहरू देशको राजधानी सेरोफेरोकै छन् । प्रेमभावको स्पर्शले सम्पूर्ण सजीव र निर्जीव पक्षलार्ई छुन्छ । सम्बन्धका रंगहरूमा चाहना, समर्पण, त्याग, सुख, शान्ति र आत्मीयता र विछोडको सप्तरंगको गाढापन छ । मायाको आवश्यकता महसुस गर्ने हरेक मनहरूमा ‘इन्द्रेणी स्पर्श’ ले छुन्छ र हरेक छुवाइमा शब्दहरूले प्रेम र सद्भाव बाँड्ने क्षमता राख्छन् । उपन्यासमा प्रेमको स्पर्श छ ।

 Image