कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

‘मिस सुप्रानेसनल नेपाल’ सिमल कनौजिया विश्व ‘सुप्रानेसनल पेजेन्ट’ मा सहभागी हुन पोल्यान्ड गएकी छन् ।
पोल्यान्डको नोवा साजमा अगस्ट २१ मा आयोजना हुने ‘सुप्रानेसनल पेजेन्ट’ को १२ औं संस्करणमा उनले नेपालको प्रतिनिधित्व गर्ने छिन् । त्रिभुवन विमानस्थलमा अगष्ट ५ मा उनले संचारकर्मीस“गको साक्षात्कारमा आफूले आत्मविश्वास बोकेर त्यता जान लागेकी बताइन् ।
उनले४ मिनेटको परिचयात्मक भिडियोमा नेपालको समृद्ध संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य र सामाजिक परियोजनामा आफ्नो संलग्नता तथा स्तन क्यान्सरबारे जागरूकताबारे प्रस्तुति दिनेछिन् ।
काठमाडौंमा गत डिसेम्बर ५ मा सम्पन्न ‘मिस नेपाल’ प्रतियोगितामा सिमलले ‘मिस सुप्रानेसनल’ विद्यामा उपाधि हासिल गरेकी थिइन् । विश्व ‘मिस सुप्रानेसनल’ मा सहभागी हुने उनी तेस्रो ‘मिस नेपाल सुप्रानेसनल’ हुन् ।