रुखकटहरको पकौडा

उर्मिला यादव

जेष्ठ ३०, २०७८

सामग्री ः रुखकटहर–आधा किलो, बेसन–१ सय ग्राम, तेल–दुई सय ग्राम, हरिया खुर्सानी–दुई–तीन वटा, काटेका धनियाँका पात–दुई चम्चा, धनियाँ पाउडर–एक चम्चा, जिरा पाउडर–एक चम्चा, खुर्सानीको धूलो–एक चम्चा, बेसार–एक चम्चा, गरममसला–एक चम्चा, नुन–स्वादअनुसार ।

विधि ः रुखकटहरलाई तरकारी काटेजस्तै स–साना टुक्रामा काट्ने । कुकरमा थोरै पानी हालेर दुई–तीन सिटी लगाई उसिन्ने । कुकरको सिटी गएपछि उसिनेको कटहरबाट पानी निकाली झिकेर फाल्ने । अब त्यसमा बेसन र माथि उल्लिखित सबै मसला हालेर मज्जाले मुछ्ने । लसिलो बनेपछि त्यसलाई आफूलाई आवश्यक पर्ने साइजअनुसार गोलो  आकार दिने । अब चुलोमाथि कराही राखेर तेल तताउने र त्यसमा गोलो आकार बनाएको कटहर हाल्दै पकाउने । यसरी तयार भएको कटहरको पकौडा धनियाँ–पुदिना–अदुवा मिश्रित चटनीसँग खान सकिन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>