Successfully Copied

कोभिडमा गर्भवतीको स्वास्थ्य सुरक्षा

केही दिनअघि मात्र हाम्रै कलेजको अन्तिम वर्षमा अध्ययनरत गर्भवतीको ज्यान गयो । असामयिक निधन हुनुभन्दा दुई दिनअघि मात्र उनलाई कोरोना देखिएको थियो । नौ महिनाकी गर्भवती उनको र शिशु दुवैको निधन भयो । स्वयं चिकित्साशास्त्रकै विद्यार्थी भए पनि यो अवस्थामा उनले आफू एवं

 डा. बिहानी सन्ज्याल, आयुर्वेद चिकित्सक

केही दिनअघि मात्र हाम्रै कलेजको अन्तिम वर्षमा अध्ययनरत गर्भवतीको ज्यान गयो । असामयिक निधन हुनुभन्दा दुई दिनअघि मात्र उनलाई कोरोना देखिएको थियो । नौ महिनाकी गर्भवती उनको र शिशु दुवैको निधन भयो । स्वयं चिकित्साशास्त्रकै विद्यार्थी भए पनि यो अवस्थामा उनले आफू एवं गर्भस्थ शिशुलाई बचाउन सकिनन् । गर्भावस्था आफैमा एक विशेष अवस्था हो । यो अवस्थामा शारीरिक र मानसिकस“गै रासायनिक परिवर्तनहरूसमेत हुने भएकाले शरीरका सबै प्रणाली सक्रिय हुन्छन् । अन्य रोगस“ग लड्न पर्याप्त ऊर्जा नहुने र शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुने हुन्छ । कोभिडको सन्दर्भमा भने श्वासप्रश्वास प्रणालीको भूमिका महत्वपूर्ण हुन्छ । गर्भवतीलाई अरु बेलाको तुलनामा अक्सिजनको आवश्यकता बढी पर्छ । यतिबेला गर्भवतीमा अक्सिजनको माग १५% ले वृद्धि हुन्छ । त्यस्तै, यो अवस्थामा अन्य रोगको प्रकोप भए गर्भवतीलाई प्रतिकूल प्रभाव पर्न सक्छ । कोरोना हुनु भनेको त झनै घातक साबित हुनसक्छ ।  धेरै अनुसन्धानमा गर्भवतीलाई समावेश नै गरिएको छैन । तर, वर्तमान अवस्थामा गर्भवतीका बारेमा पनि अनुसन्धान टड्कारो भइसक्यो ।

जोखिम अवस्थाहरू

सबै गर्भवतीलाई कोभिड–१९ को जोखिम न हुन पनि सक्छ ।  केही अवस्थामा भने जोखिम बढ्न सक्छ–

१. बढी उमेर

२. औसतभन्दा बढी तौल

३. मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता दीर्घ रोगहरू

माथि उल्लिखित अवस्था भएका गर्भवतीमा कोभिडको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अन्य महिलामा भन्दा गर्भवतीका लागि बढी घातक हुन्छ । साथै, यो महामारीले उत्पन्न तनावका कारण गर्भवतीमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले गर्भवती आफै सजग र सचेत हुनु अति आवश्यक छ । सामान्य लक्षणमा पनि अनिवार्य रूपमा जा“च गराउनुपर्छ ।

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू  

–हात धुने,

–सरसफाइमा ध्यान दिने,

–धेरै भीडभाडमा नजाने,

–मास्कको प्रयोग गर्ने,

–भौतिक दूरी कायम राख्ने,

–नाक, आँखा र मुख बारम्बार नछुने,

–समय–समयमा स्वास्थ्य जा“च अनिवार्य रूपमा गराउने,

–पोषिलो खान खाने,

–हल्का व्यायाम÷योग गर्ने

–ध्यान गर्ने,

–सुमधुर संगीत श्रवण गर्ने,

–परिवारसँग आफ्ना समस्याका बारेमा खुलेर कुरा गर्ने,  

–रुघा, खोकी, ज्वरो आएमा तुरुन्त स्वास्थ्यकर्मी अथवा आफ्ना चिकित्सकलाई सम्पर्क गर्ने,

–भौतिक रूपमा सेवा लिन कठिन भए सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो समस्या चिकित्सकसम्म पु¥याउने र उचित व्यवस्थापन गर्ने,  

गर्भावस्थामा सामान्य मानिसले भन्दा विशेष रूपमा सुरक्षा र सावधानी जरुरी छ । किनभने कोभिडबारे अझै पनि धेरैलाई सम्पूर्ण जानकारी छैन । गर्भवतीमा यसको असर के रहन्छ भन्नेबारे अझै खोजी भएको छैन । तर, अनुभवका आधारमा आमाबाट धेरै कम शिशुमा मात्रै यो सरेको पाइएको छ । तर सावधान रहनु आवश्यक छ ।  

गर्भावस्थामा कोरोना भए के गर्ने ?

–सर्वप्रथम आत्तिनु हुँदैन । किनकि तनावले कोरोनालाई झनै बलियो र एमुनिटीलाई कमजोर पार्छ ।

–स्वास्थ्यकर्मीको सम्पर्कमा तत्कालै जानुपर्छ ।  

–आफ्नो सम्पर्कमा आएका व्यक्तिको तत्कालै जाँच गराउनुपर्छ ।  

–कोरोनाबाहेक अन्य लक्षणहरू जस्तै शिशु नचलेको, पेट दुख्ने, रगत बग्ने, टाउको दुख्ने अथवा खतराका लक्षणहरू देखिए तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ ।

–कोरोनाको गम्भीर लक्षण देखिएर अस्पताल भर्ना हुनुपरे प्रसूति गृह अथवा सम्बन्धित विशिष्ट सेवा प्राप्त हुने ठाउ“को व्यवस्थापन गर्नुपर्छ ।

–आमा र शिशुको सही जाँच र हेरचाह गर्नुपर्छ । साथै, नियमित जाँच पनि सकेसम्म नियमित गराउनुपर्छ ।  

–आकस्मिक अवस्था र प्रसवका लागि पूर्वतयारी गर्नुपर्छ ।

–विशेषज्ञको टोलीमा प्रसूति, बाल रोग, संक्रमण रोग, श्वासप्रश्वासलगायत समावेश गरी त्यहीअनुरूप सेवा प्रदान गर्नुपर्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि आमा र शिशुको स्वास्थ्य रक्षा गर्ने, सकेसम्म आमाबाट शिशुमा संक्रमण फैलिन नदिन विशेष प्रयास गर्नुपर्छ ।  

–चिकित्सकको परामर्शमा कोभिडको उपचारको पालना गर्दै औषधिको हकमा सुरक्षित औषधिको समुचित प्रयोग गर्दा डराउनु पर्दैन, जथाभावी औषधिको प्रयोग घातक हुनसक्छ ।

स्तनपान गराउने वा नगराउने  

यो विषयमा थुप्रै मत बाझिएका छन् । तर शिशुलाई रोगसँग लड्ने क्षमता बढाउने एकमात्र उपाय स्तनपान हो । त्यसैले शिशुलाई यसबाट वञ्चित नगराउने, आमाको अवस्था हेरेर स्तनपान गराउने । अन्य कुनै निषेधित अवस्था छैन भने सुरक्षाका उपाय अपनाएर स्तनपान गराउन सकिन्छ । हालसम्मको खोजले आमाको दूधबाट शिशुमा संक्रमण सरेको पाइएको छैन ।  

आयुर्वेद मत

आयुर्वेदमा महामारीलाई जनापदोध्वंसको नामले व्याख्या गरिएको छ्र । कोरोनाकै उल्लेख नभए पनि लक्षणका आधारमा यसको तुलना गर्भिणी ज्वरअन्तर्गत सन्निपताज ज्वरसँग गर्न सकिन्छ । काशी हिन्दू विश्वविद्यालयले गरेको एक खोजमा गर्भावस्थामा हुने कोरोनामा विभिन्न औषधि (जस्तैः तुलसी पत्र, शिरीषको बोक्रा, गुदुचीको काण्ड, यष्टि मधु मूल र निम्बा पत्र) को राम्रो प्रभाव पाइएको थियो । पछिल्लो समय धेरै अनुसन्धानले आयुर्वेदको प्रभावकारितालाई पुष्टि गर्दै आएको छ । तर, यसको प्रयोग भने आधिकारिक चिकित्सकको निगरानीमा मात्र गर्दा यसको दुष्प्रभावबाट बच्न सकिन्छ । भ्रामक प्रचार र सामाजिक सञ्जालका सूचनालाई आधिकारिक रूपमा लिएर कुनै कुरा प्रयोगमा ल्याउनु हानिकारक साबित हुन्छ ।

 Image