आश्रितीको ‘करण र कार्टुन’

नारी संवाददाता

वैशाख ६, २०७८ नौ वर्षीया बालचित्रकार आश्रिती श्रेष्ठको ‘करण र कार्टुन’ सार्वजनिक भएको छ । समीर कोजूको कथामा उनले चित्र कोरेकी हुन् । बालबालिकामा हुने प्रविधि लतबारे कलात्मक प्रस्तुति रहेको उनको पुस्तकमा बालपुस्तालाई धेरै हदसम्म सजग र सचेत गराउने सन्दर्भ सामग्री पस्किइएको छ । ‘संस्कृतिको प्रबर्द्धन गरे मुलुक समृद्ध र सुशासित हुने’ तथ्यलाई पुस्तकले उजागर गर्न सघाएको छ । महाराजगञ्जस्थित काठमाडौं मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत आश्रिती सबैभन्दा सानो उमेरमा पुस्तक प्रकाशन गर्ने बालकलाकार भएको प्रकाशक संस्था बालसाहित्य प्रतिष्ठान नेपालले जनाएको छ । आश्रिती भन्छिन्, ‘हरेक बालबालिकाभित्र आ–आफ्नै खालका खुबी र क्षमता हुन्छन् । त्यसलाई प्रस्फुटन गर्ने प्लेटफर्म आवश्यक छ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>