Successfully Copied

जाडोका क्रिम

अनुहार फुट्नेदेखि ओठ फुट्नबाट बचाउनका लागि छालाको नरमपनलाई कायम राख्न बजारमा विभिन्न ब्राण्डका क्रिम तथा लिपबाम उपलब्ध छन् ।इन्डियन ब्रान्ड ‘जोय’ ले जाडोलाई लक्षित गर्दै ‘जोय हनी आलमन्ड क्रिम’, ‘बडी लोसन’ तथा ‘लिपबाम’ बजारमा ल्याएको छ । सुख्खा छालाका लागि ‘आलमन्ड वेल’ को

जाडो मौसममा छाला सुख्खा हुने र फुट्ने समस्या देखा पर्छन् । त्यसैले यो मौससमा छालाको हेरचाहमा ध्यान दिनु जरुरी छ । जाडोमा हावा धेरै चिसो हुने भएकाले छालामा विभिन्न समस्या देखापर्छन् । ज्ञानेश्वरकी उमा शर्माको गालामा सेतो फुस्रो दाग आउँछ । त्यस्तै, ललितपुरकी शर्मिलाको पनि यो मौसममा पाखुरामा सेतो गोलो दाग आउँछ । उमा र शर्मिलाको जस्तो समस्या धेरैलाई जाडोमा हुन्छ । छालामा सुख्खापनका कारण विभिन्न समस्या आउँछन् । चिसो मौसममा छालालाई मोस्चराइज गर्न आवश्यक हुन्छ । बजारमा विभिन्न ब्रान्डका मोस्चराइजर क्रिमहरू उपलब्ध छन् । नेपालमा आस्ताबेरी, जोय, हिमालयन, लोटस, ओसियालगायतका ब्रान्डका कस्मेटिक सामानहरू पाइन्छन् । अनुहार फुट्नेदेखि ओठ फुट्नबाट बचाउनका लागि छालाको नरमपनलाई कायम राख्न बजारमा विभिन्न ब्राण्डका क्रिम तथा लिपबाम उपलब्ध छन् ।

इन्डियन ब्रान्ड ‘जोय’ ले जाडोलाई लक्षित गर्दै ‘जोय हनी आलमन्ड क्रिम’, ‘बडी लोसन’ तथा ‘लिपबाम’ बजारमा ल्याएको छ । सुख्खा छालाका लागि ‘आलमन्ड वेल’ को मोस्चराइजिङ क्रिम बजारमा उपलब्ध छ । यो क्रिमले सुख्खा छालालाई नरम बनाउनुका साथै चाउरीपन हटाउन उपयोगी भएको दाबी कम्पनीको छ । त्यस्तै, कम्पनीले छाला स्वस्थ राख्नका लागि ‘कोको बटर’ ल्याएको छ । जोयले ल्याएको ‘जोय पपैया लिप बाम’ ले ओठलाई नरम बनाउँछ । कम्पनीका नेपालस्थित ब्रान्ड म्यानेजर मदन रौनियार भन्छन्, ‘हाम्रा उत्पादनहरू गुणस्तरीय हुनुका साथै सुलभ मूल्यमा बजारमा उपलब्ध छन् ।’

नेपाली बजारमा सौन्दर्य सामानका लागि अर्को उपयुक्त ब्रान्ड हो, ‘पामाकेयर’ । ‘हेल्दी विथ ब्युटी’ नारा रहेको यसका सामान बजारमा पाउन सकिन्छ । जाडो तथा गर्मी दुवै मौसम लक्षित यसका सौन्दर्य सामग्री रहेका छन् । यस कम्पनीका नेपालस्थित ब्रान्ड म्यानेजर महेश चौधरीले विगत १५ वर्षदेखि यो ब्रान्डले नेपालमा सामानहरू उपलब्ध गराउँदै आएको बताए । ‘अहिले भने जाडोलाई लक्षित गर्दै लिपबाम बजारमा ल्याएका छौं’ उनले भने, ‘यो लिपबामले ओठ सुरक्षित राख्नुका साथै सुख्खा हुन र फुट्नबाट समेत बचाउँछ ।’ यो ब्रान्डका लिपबाम, हर्बल, भेनिला, अरेन्ज, चेरीलगायतका विभिन्न फ्लेबरमा बजारमा उपलब्ध छन् ।

‘सोरायास कस्मेटिक’ की संस्थापक सीता पौडेलले विगत ४ वर्ष बजारमा कस्मेटिक सामानहरू उपलब्ध गराउँदै आएको बताइन् । उनका अनुसार यो कम्पनीले जाडोलाई लक्षित गर्दै मोस्चराइजर क्रिम, टोनरदेखि सनस्क्रिन बजारमा ल्याएको छ । कम्पनीले उपभोक्तालाई सामान उपलब्ध गराउनुका साथै लगाउने विधिका बारेमा पनि ज्ञान दिन्छ । उनका अनुसार कुनै पनि व्यक्तिले मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पहिले छालाअनुसार राम्रो खालको क्रिम छनोट गर्नुपर्छ । उनी भन्छिन्, ‘हाम्रो ब्रान्ड सामान बेच्ने मात्रै होइन ग्राहकहरूप्रति उत्तरदायी पनि छ ।’

नेपाली बजारमा वर्चश्व कायम गरेको अर्को ब्रान्ड हो–‘लोटस हर्बल ब्रान्ड’ । यो ब्रान्डका सनस्किनदेखि कोल्ड क्रिमसम्म बजारमा उपलब्ध छन् । लोटसद्वारा उत्पादित सामानमा फलफूलको जैविक तेल प्रयोग गरिएको छ । यो कम्पनीले पनि जाडोलाई लक्षित गर्दै बडी लोसनदेखि, सनस्किन, लिपबाम ल्याएको छ । जाडो मौसममा बडी लोसनको माग अधिक हुने गरेको लोटसका ब्रान्ड म्यानेजर ऋषि अधिकारीले बताए ।

 Image