नेपाली बजारमा बेल्ला
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।

काठमाडौं स्कुल अफ मेकअप स्टुडियोले अनामनगरमा मेकअप स्टुडियो प्रोफेसनल आर्मस्टरडमसँगको सहकार्यमा मेकअप स्कुलको सुरुवात गरेको छ । उक्त स्कुलको उद्घाटन कोलकाताबाट आएकी मेकअप आर्टिस्ट नम्रता शर्माले गरेकी थिइन् भने शर्माले ब्राइडल मेकअपसम्बन्धी मास्टर क्लास पनि दिएकी थिइन् ।
चार दिन चलेको उक्त प्रशिक्षणमा देशका विभिन्न भागका ब्युटिसियनहरू सहभागी थिए । स्टुडियोकी म्यानेजिङ डाइरेक्टर मीना महतका अनुसार यहाँ अन्तर्राष्ट्रिय स्तरको मेकअपका साथै हेयर स्टाइलिङसम्बन्धी तालिमको समेत व्यवस्था छ ।