Successfully Copied

डान्सिङ्ग विथ द स्टार्सका विजेता

सुमी मोक्तान र बिजु पार्की (सुबिजु) को जोडीले हिमालयन टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ ।

सुमी मोक्तान र बिजु पार्की (सुबिजु) को जोडीले हिमालयन टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ ।

पुस ४ गते शनिबार राति भएको फाइनलमा बुद्ध लामा तथा केबिका खत्री तथा प्रियना आचार्य तथा  सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बन्न सफल भएको हो । विजेताले २० लाख रुपैया“सहित अन्य पुरस्कार पनि प्राप्त गरेका छन् । डान्सर बिजु पार्कीसग नारी मासिकले केही समयअघि गरेको कुराकानी–

अहिले केमा व्यस्त हुनुहुन्छ ?

यतिबेला म नेपाली म्युजिक भिडियोमा अभिनय गर्दैछु ।

मोडलिङ कहिलेबाट सुरु भयो ?

म डान्स कोरियोग्राफर ह“ु । लामो समयदेखि कोरियोग्राफरका रूपमा काम गर्दै आइरहेको छु । म अधिकांश समय बम्बईमा बस्छु । तर, मेरो पुख्र्यौली घर अछाम हो । त्यसकारण म नेपालीहरूस“ग पनि नजिक छु । धेरै बालबालिकालाई रियालिटी शोमा सहभागी गराएको छु, कामकै सिलसिलामा म्युजिक भिडियोको प्रस्ताव आएपछि मोडलिङ सुरु गरेको हो ।

पहिलो म्युजिक भिडियो ?

एक वर्षअघि ‘रोमान्टिक छौं’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरें । उक्त गीतमा प्रियंका कार्कीस“ग अभिनय गरेको थिए“ ।   

नेपालीहरूलाई इन्डियन रियालिटी शोमा प्रवेश गराउनुको कारण ?

नेपालीहरूको प्रतिभाको प्रस्फुटन गराउनु हो । यसले नेपाली बालबालिकाले अवसर पनि पाउ“छन् । रियालिटी शोमार्फत चिनिने मौका पनि पाऊन् भन्ने उद्देश्य हो ।

नेपाली बालबालिकामा कस्तो प्रतिभा पाउनुभयो ?

नेपाली बालबालिकाहरू धेरै प्रतिभाशाली छन् । उनीहरूलाई अवसरको खा“चो छ  । अवसर दिए नेपाली बालबालिकाहरू धेरै अघि बढ्न सक्छन् ।

चलचित्रमा अफर आयो भने के गर्नुहुन्छ ?

अबको मेरो योजना नै चलचित्र खेल्ने छ । कोरियोग्राफर मोडलिङ ह“ुदै चलचित्रमा प्रवेश गर्ने बाटोमा छु । हाल चलचित्रकै तयारीमा छु ।

अन्य के कुरामा रुचि छ ?

म फिटनेस ट्रेनर पनि हो । फिटनेसमा पनि उत्तिकै रुचि छ  ।

 Image