होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

रीना शाक्य, डेन्टिस्ट, लुमन्ती डेन्टल क्लिनिक
कोरोना महामारीले यसरी प्रलयकारी रूप लिन्छ भनेर कसैले कल्पनासम्म गरेका थिएनन् । कोरोनाकै कारण हामी आफ्ना छरछिमेकी र इष्टमित्रसँग चाडपर्वसमेत मनाउन पाएका छैनौ । तर पनि पहिलेदेखि नै चलिआएको परम्परा परिवारमै सीमित भएर मनाउनु परिहाल्यो, पूजाआजा गर्नैपर्यो । देवीदेवतालाई चढाउन प्रसाद र खानेकुराहरू पनि बनाउनैपर्यो । चाडपर्वमा प्रसादका रूपमा मीठा, गुलिया परिकारहरूको प्रयोग गर्दा मुख र दाँतमा समस्या आउन सक्छ । त्यसैले चाडपर्वमा यसको हेरचाह गर्नु एकदमै जरुरी हुन्छ । खासगरी दाँतको हेरचार झनै आवश्यक छ । यसमा खराबी आए उपचार गर्नुपर्छ ।
सामान्यतया दाँतको उपचार दुई प्रकारले गर्न सकिन्छ । पहिलो, आफ्नो घरमै सावधानी अपनाएर दाँतको हेरचाह गर्दै घरेलु उपचार गर्न सकिन्छ । दोस्रो, केही जटिल लक्षण देखिए अस्पताल वा डेन्टल क्लिनिकमै गएर उपचार गर्नुपर्ने हुन्छ ।
धेरैजसोलाई दाँतमा खाना अड्किने समस्या हुन्छ । खाएको खानेकुरा त्यहीं कुहिएर मुख गन्हाउने हुन सक्छ । यस्तो अवस्थामा खाना खानेबित्तिकै राम्रोसँग कुल्ला गर्ने, डेन्टल फ्लस वा इन्टर डेन्टल ब्रस प्रयोग गरी दुई दाँतबीचको फोहोर निकाल्नुपर्ने हुन्छ ।
त्यस्तै, गिजा सुनिने र गिजाबाट रगत आउने समस्या भए मनतातो पानीमा नुन राखेर दिनको तीन–चार पटक कुल्ला गर्नुपर्छ । माउथ वासको प्रयोग बिहान र बेलुका गर्नु उपयोगी हुन्छ । निकाल्न मिल्ने नक्कली दाँत प्रयोग गरेको खण्डमा राति सुत्नुअघि दाँतलाई पानीमा राम्रोसँग भिजाएर राख्ने र बिहान मात्र प्रयोग गर्न सकिन्छ ।
कृत्रिम खोल, डेन्टल ब्रिज, इम्प्लान्ट र दाँतमा तार (ब्रेसेस) लगाएको छ भने कडा चीजहरू जस्तै छुर्पी, मकै, भटमास र हड्डी आदि विचार पुर्याएर चपाउनुपर्छ । यसो गर्दा दाँत भाँचिने सम्भावना कम रहन्छ । कोरोना महामारी कहिले अन्त्य हुन्छ यकिन नभएकाले अझै लामो समयसम्म रहने सम्भावना भएकाले हरेक दिन दुई पटक फ््लोराइडयुक्त मञ्जनले दाँत माझ्ने गर्नुपर्छ ।
डेन्टल क्लिनिक जानुपर्ने अवस्था भने दुईवटा दाँतहरूको बीचमा अथवा दाँतमा क्याभिटी भएर खाना खान नसकेमा, गिजाहरू सुन्निएर पाकेकोमा, बुद्धिबङ्गाराहरू बाङ्गोटिङ्गो अथवा आउन नसकेर मुख खोल्न र निल्न नसक्ने हुनु हो । यसैगरी, पहिले गरेका फिलिङ्गहरू टुक्रिएर गिजामा असर गरेमा, कृत्रिम खोलहरू झरेर गिजामा समस्या परे, राति सुत्न नसक्ने गरी दाँतको पीडा भए, दुर्घटनामा दाँत भाँचिए पनि डेन्टल क्लिनिक जानुपर्छ ।
यी माथिका अत्यावश्यक उपचारका लागि डेन्टल क्लिनिक अथवा अस्पताल जानुपरेमा पहिले आफूले देखाइरहेको दन्त चिकित्सकलाई फोनबाट परामर्श लिएर मात्र जानु उपयुक्त हुन्छ्र । अन्यथा यस कोरोना महामारीका बेलामा क्लिनिकमा कुर्नुपर्ने र अनावश्यक झन्झटको सामना गर्नुपर्ने हुनसक्छ ।
अहिलेको वर्तमान अवस्थालाई ध्यानमा राखेर सकेसम्म नेपाल मेडिकल काउन्सिलको दर्ता भएका दन्त चिकित्सककहाँ मात्र उपचार गराउनु उचित हुन्छ्र । यी चिकित्सकले आवश्यक सुरक्षा अपनाएर उपचार गर्ने हुँदा बिरामीहरू कोरोनाको जोखिमबाट डराउनुपर्ने हुँदैन र उचित दाँतको उपचार पाएर चाडबाडका अवसरमा दाँतको समस्याबाट बच्न सकिन्छ ।