ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
पामाकेयर ब्रान्डले ह्यान्डवास बजारमा ल्याएको छ । कोभिड–१९ को महामारीबीच कम्पनीले ह्यान्डवास उत्पादन सुरु गरेको हो । कम्पनीले विभिन्न फ्लेबरको ह्यान्डवास उत्पादन गरेको छ । उक्त फ्लेबरहरूमा लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टी ट्री एन्ड एप्पल फ्लेवर रहेका छन् । कम्पनीले दशकयता जनस्वास्थ्य र सरसफाईसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको छ । यसअघि पामाकेयरले उच्च गुणस्तरको स्यानिटाइजर समेत बजारमा उपलब्ध गराइसकेको छ । कम्पनीका अनुसार ह्यान्डवासमा ब्याक्टेरिया तथा भाइरस नाश गर्ने फर्मुला र पदार्थको सम्मिश्रण छ । हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य १५२ रुपैयाा तोकिएको छ ।