घर चम्काउन लिक्विड क्लिनर
ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।

पामाकेयर ब्रान्डले ह्यान्डवास बजारमा ल्याएको छ । कोभिड–१९ को महामारीबीच कम्पनीले ह्यान्डवास उत्पादन सुरु गरेको हो । कम्पनीले विभिन्न फ्लेबरको ह्यान्डवास उत्पादन गरेको छ । उक्त फ्लेबरहरूमा लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टी ट्री एन्ड एप्पल फ्लेवर रहेका छन् । कम्पनीले दशकयता जनस्वास्थ्य र सरसफाईसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको छ । यसअघि पामाकेयरले उच्च गुणस्तरको स्यानिटाइजर समेत बजारमा उपलब्ध गराइसकेको छ । कम्पनीका अनुसार ह्यान्डवासमा ब्याक्टेरिया तथा भाइरस नाश गर्ने फर्मुला र पदार्थको सम्मिश्रण छ । हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य १५२ रुपैयाा तोकिएको छ ।