Successfully Copied

लकडाउनमा कपालको सुरक्षा गर्ने ६ सुत्र

घरमा हुँदा तथा काममा व्यस्त हुँदा तपाईंको कपालमा चायाँको विकास हुन सक्छ । त्यस्तो छ भने दुई दिनको अन्तरालमा कपाल धुनुहोस् र मनपर्ने घरेलु उपचार गर्नुहोस् । यसमा मेथीको धुलो, अण्डाको सेतो भाग, एप्पल साइडर सिरका प्रयोग गर्न सकिन्छ ।

झापास्थित लक्ष्मीपुरमा जन्मे÷हुर्केका नील डेबिड कटवाल हेयर स्टायलिस्टको क्षेत्रमा लोकप्रिय नाम हो । यसै क्षेत्रमार्फत् अन्तराष्ट्रिय ख्याति कमाइसकेका कटवालले नेपाल, भारत, बेलायत, सिंगापुरलगायत देशमा सयौं सैलुन खोलेर सेवा दिइरहेका छन् । नेपाली कला मार्फत् आफ्नो मुलुकलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा कटवाल गर्व गर्छन् । 

लकडाउन वाक्वारेन्टाइनमा घरमा हुनु वास्तवमै गाह्रो हुन्छ । यो बेला नाइकहाँ या सैलुनमा जान सम्भव छैन । अक्सर हामीसँग हेयर स्टाइलिस्टसँग राम्रो सल्लाह लिने अवसर पनि मिल्दैन । हेयर एक्सपर्ट नील डेभिड काटवालले लकडाउनको बेला कपालको स्याहार कसरी गर्ने भनेर केही सुझावहरू दिएका छन् । जुन यसप्रकार छः

१. जब तपाईं कतै गएर घर फर्कनुहुन्छ तब आफ्नो कपाल राम्ररी श्याम्पुले धुनुहोस् ।

२. यदी तपाईं ‘कपाल मास्क’को प्रयोग गर्नुहुन्छ भने परिवर्तन गरिरहनुपर्छ । तपाईंको कपाल स्वस्थ र चिल्लो राख्न तथा सुक्खा हुन नदिनको लागिनरिवलको तेल प्रयोग गर्नुहोस् । 

३. यदि तपाईको कपाल कलर गरिएको छ भने तातोपानी वा ताताकपाल स्टाइलिंग सामग्रीबाट बँच्नुहोस् । यसले रंगलाई लामो समयसम्म टिकाइ राख्न मद्दत गर्दछ । 

४. लामो कपालकालागि हप्तामा तीनपटक श्याम्पु र हप्तामा तीनपटक ओयल मसाज गर्ने शर्त पक्का गर्नुहोस् । 

५. घरमा हुँदा तथा काममा व्यस्त हुँदा तपाईंको कपालमा चायाँको विकास हुन सक्छ । त्यस्तो छ भने दुई दिनको अन्तरालमा कपाल धुनुहोस् र मनपर्ने घरेलु उपचार गर्नुहोस् । यसमा मेथीको धुलो, अण्डाको सेतो भाग, एप्पल साइडर सिरका प्रयोग गर्न सकिन्छ । यसको फ्रिजिनेसलाई पनि रोक्न मद्दत गर्दछ । 

६.कपालमा पटक पटक काइँयो या ब्रश प्रयोग गरिरहनु हँुदैन् ।  विशेष गरी तपाईंको कपाल िचसो भएको बेला ब्रश नगर्नुहोस् । यसले कपाल झर्ने समस्यालाई दोब्बर बनाउँछ ।

 Image