Successfully Copied

बन्दाबन्दी र फिजियोथेरापी 

मानसिक तनाव र शारीरिक क्रियाकलाप एक अर्कासँग सम्बन्धित हुन्छन् । शारीरिक व्यायाम गर्दा मानिसको रोगमा सकारात्मक सुधार आएको देखिएको छ । व्यायामले मूड परिवर्तन हुन्छ किनकी इन्ड्रोफिन हर्मोन रिलिज गरिदिएर हेप्पी फिलिङ (खुसी महसुस) गरिदिन्छ । 

डा. नविना श्रेष्ठ वैद्य, निदान हस्पिटल पुल्चोक 

कोरोना भाइरस महामारीले बन्दाबन्दीका कारण मानिसको जनजीवन प्रभावित बनेको छ । अहिले सबै गतिविधि ठप्प भएकाले शारीरिक र मानसिक स्वास्थ्यका इस्यु धेरै बनेका छन् । मानसिक रोगमा तनाव धेरै देखिएको छ । जस्तो स्विङ हुने, राती निद्रा नलाग्ने, तनाव हुने, मन आत्तिने, अब के गर्ने होला, खुल्यो भने पनि अफिस के गरि जाने होला ? व्यापार व्यवसायमा घाटा भयो भन्ने पनि रहेको छ । घर भाडा कसरी तिर्ने भन्ने पीर पनि मानिसमा देखिएको छ । मानसिक तनाव र शारीरिक क्रियाकलाप एक अर्कासँग सम्बन्धित हुन्छन् । शारीरिक व्यायाम गर्दा मानिसको रोगमा सकारात्मक सुधार आएको देखिएको छ । व्यायामले मूड परिवर्तन हुन्छ किनकी इन्ड्रोफिन हर्मोन रिलिज गरिदिएर हेप्पी फिलिङ (खुसी महसुस) गरिदिन्छ । 

फिजियो थेरापी कहिले र किन जाने ? 

 – फिजियोथेरापीसँग फेस टु फेस कन्सल्टेसन गरी एसेसमेन्ट उपचार गर्नुपरेको अवस्थामा जानुपर्छ । अहिले फोन या टेलिहेल्थबाट फिजियो सुविधा लिन सकिने अवस्था आइसकेको छैन ।

– दैनिक क्रियाकलापमा गर्न गाह्रो भएमा, छातीको समस्या, हातखुट्टा लस गर्ने, पक्षघातको समस्या भएमा पनि फिजियोथेरापी गर्न जानुपर्ने हुन सक्छ । 

– प्यारालाइसिस भइरहेको छ दैनिक क्रियाकलाप गर्न अप्ठ्यारो आवश्यक आधारभूत आवश्यकता (बेसिक रिक्वायरमेन्ट) सिक्नका लागि पनि फिजियोथेरापिस्टकहाँ जानुपर्ने हुन्छ । बन्दाबन्दी भएको लामो समय भयो ।   

– लामो अशक्तता (प्रोलङ डिसएबिलिटी) हुने सक्ने खालको बिरामी छ भने पनि त्यस्तो बिरामी जति सक्दो चाँडो फिजियोथेरापी गर्नु वेश हुन्छ । प्यारालाइसिस भयो यत्तिकै फिजायोथेरापी वा व्यायाम नगरी बसेमा परमानेन्ट डिसएबिलिटी हुन सक्छ । हात खुट्टा टेक्न नसक्ने, नचल्ने, बांगिन सक्छ । 

 – पहिले फिजियोथेरापी सेवा लिइरहेको बीचमा छुट्यो, सहनै नसक्ने गरी दुखाई बेस्सरी छ, कम्मर ढाड दुखेको नशा च्यापिएको भएमा पनि जानुपर्छ ।

– पक्षघात (स्ट्रोक) भएमा, सुतेर उठ्दा रिंगटा लागेमा (भर्टिगो), उठेर बस्दा, अगाडि हिड्दा चक्कर लाग्ने, लड्ला जस्तो भएमा पनि जानुपर्छ । 

– घाँटीको गर्दन दुखेर हात तथा औंला झमझम गरेमा पनि फिजियोथेरापी गर्न जानुपर्छ ।  

– अपर ब्याक पेन धेरै तनाव लिदा र पोस्चर नमिलेर हुन्छ । यसका कारण कार्य क्षमतामा ह्रास आउने  भएकाले फिजियोथेरापी गर्नु वेश हुन्छ । 

– कम्मर दुखाई (लो ब्याक पेन) भएर खुट्टा झमझम हुने, पोल्ने, हिंड्दा–हिंड्दा थचक्क बस्न मन लाग्ने, खुट्टाको पैतालामाथि नआउने, खुट्टा लुलो हुने, पिसाब च्याप्न नसकिने भए इमरजेन्सी जानुपर्छ । न्यूरोसर्जन वा अर्थोपेडिक सर्जनलाई देखाउनुपर्छ । यसबाट ढाडको नशा च्यापिएको छ छैन पत्ता लाग्छ । नशा च्यापिएको लेबल धेरै छैन भने फिजियोथेरापी गर्नु पर्ने हुन्छ । 

– काँधको दुखाई ४० वर्षको उमेरपछि पहिले मधुमेह भएकामा अहिले यो समस्या धेरै देखिएको छ । धेरैको सोल्जर जाम भएको हुने गर्छ । यसलाई फ्रोजन सोल्डर भनिन्छ । यसले गर्दा हात चलाउन नसकेमा पनि आउनुपर्छ । दिनहुँ नआएपनि १,२ वटा एक्सरसाइज सिकेर घरमै गर्न सकिन्छ ।

– घूँडा तथा एंकल  दुखाई छ भने अहिलेको अवस्थामा नआउँदा हुन्छ । पहिले गरेका एक्सरसाइज थाहा छ भने गर्ने । थाहा नभएमा एकपटक अस्पताल आएर घूँडा तथा एंकल दुखाइको कारण हड्डी, लिगामेन्ट वा मसल्स हो पत्ता लगाउनुपर्छ । 

– लकडाउनअघि वा लकडाउन हुने बित्तिकै दुर्घटना भएर हातखुट्टा फ्याक्चर भएर जसले  अप्रेशन वा प्लेट राखेको बिरामीको यतिबेला (स्टिफनेस) कडापन आएको छ । यसले पछि हिड्न र हात चलाउन समस्या हुने भएकाले फिजियोथेरापी गर्न आउनुपर्छ । अहिले पोस्ट फ्याक्चर स्टिफनेस केस पनि धेरै आएका छन् ।   

 

 Image