Successfully Copied

लकडाउनमा कसरी स्वस्थ राख्ने किशोरीको मानसिक स्वास्थ्य

लकडाउनको समयमा समेत केही किशोरीहरू दुर्वव्यहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो । दयालु बन्नुहोस् । किशोरी छोरी भएका अभिभावकले यो समय आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुहोस् ।

मानिसको उमेरभरीको सबैभन्दा संवेदनशील अवस्था हो किशोरावस्था । यो उमेर समुहका कतिपय किशोरीहरुलाई यो अवस्था निक्कै अप्ठ्यारो रुपमा व्यतित गरिहेका हुन्छन् । किशोरीहरु यो समय अझैं धेरै संवेदनशील हुन्छन् । त्यसैपनि सजिलो नहुने यो अवस्थाका किशोरीहरुलाई कोरोना कहरका कारण झनै असहज भएको छ । 

यो बेला हुने भनिएका सबैखाले कार्यक्रमहरु स्थगीत भएका छन् । स्कुल तथा बजेलहरु बन्द छन् । मनको कुरा शेयर गर्ने साथीसंगीसँग भेट नभएको महिनादिन बितिसकेको छ । त्यसैले यतिबेला यो उमेर समुहका केटीहरुलाई अत्याधिक चिन्ता लाग्न सक्छ । मनको कुरा गर्ने मान्छे नहुँदा उकुसमुकुस हुन् सक्छ । त्यसैले यो समय अभिभावकहरुले आफ्ना किशोरी छोरीहरुलाई यो समय सबैलाई यस्तै छ भनेर बुझाउनु पर्छ । उनीहरुका कुरा, दिक्दारी तथा गुनासाहरु सुन्नु पर्छ । 

यो समय शारीरिक तथा मानसिक परिवर्तन आउने उमेर भएका कारण उनीहरुका अपठ्याराका विषयमा खुलेर कुरा गर्न उनीहरुलाई अभिप्रेरित गर्नु पर्दछ । किशोरीहरुले पनि यो बेला चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो भन्ने बुझनु पर्दछ । यस्तो बेलामा मलाई मात्रै होईन्, सबैलाई यस्तै अत्यास र चिन्ता लागेको छ भनेर बुझन् जरुरी छ । इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा विश्वसनिय हुँदैनन् भनेर अभिभावकले आफ्ना किशोरावस्थाका छोराछोरीलाई बुझाउन सक्नु पर्छ । 

यो समय धेरै ठूला सपना र योजना बनाउनु भन्दा पनि आफ्नो पहुँचमा भएका कुराहरुमा रमाउन सिक्नु पर्छ ।  आफ्नो होमवर्क गर्ने, टिभी हेर्ने, मन परेका किताबहरु पढ्ने गर्नु पर्दछ । दूरी राखिरहनु पर्ने यो समयमा आफ्ना साथीसँग सामाजिक सञ्जाल मार्फत कुराकानी गर्न सकिन्छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा साथीहरुसँ गु्रप च्याटिङ् मार्फत एकैपटक गफ गर्न सकिन्छ । तर, धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रीन हेरेर बस्यो भने पनि मन निराश हुनसक्छ । त्यसैले बेलाबेलामा इन्टरनेटबाट टाढै बस्नुहोस् । यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनु होस् । परिवारका सदस्यले पनि किशोरावस्थाका आफ्ना बालबालिकालाई विशेष समय दिनुहोस् । 

किशोरावस्था भनेको धेरै सपना देख्ने तथा रहर उमार्ने उमेर पनि हो । यदि तपाईमा नयाँ किताब पढ्ने, कुनै बाजा बजाउन सिक्ने , गाउँन सिक्ने अथवा कुनै सिप सिक्ने रहर छ भने यो समय उक्तम समय हो । आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ ।

लकडाउनको समयमा समेत केही किशोरीहरू दुर्वव्यहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो । दयालु बन्नुहोस् । कोहि दुर्वव्यहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस् । किशोरी छोरी भएका अभिभावकले यो समय आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुहोस् । उनीहरुलाई सहयोग गर्नुहोस् । 

 Image