Successfully Copied

लकडाउनमा मनलाई कसरी विचलित हुन नदिने

अहिले धेरैलाई मलाई कोरोना लाग्यो भने, परिवारमा कसैलाई लाग्यो भने के होला भन्ने चिन्ताले ग्रस्त छन् । यसले गर्दा मानिसमा शरीर चिसो हुने, कहाँ जाऊ, के गरुँ भएको छ । भूकम्पका बेला पनि धेरै मानिसमा यस्ता समस्या देखिएको थियो ।

 डा. सुदर्शन नरसिंह प्रधान / प्रा. विभागीय प्रमुख मनोचिकित्सा विभाग, काठमाडौं मेडिकल कलेज सिनामंगल 

कोरोना भाइरसको अहिले देखिएको संक्रमणवाट जोगिन धेरै नेपाली तीन साता भन्दा लामो समय देखि घरमै लकडाउनको अवस्थामा विताईरहेका छन् । नियमित रुपमा काम गर्ने र घरमै बस्ने ब्यक्तिहरुलाई यो समय ब्यथित गर्न निकै गाह्रो पर्दै गएको छ । कोरोना भाइरस सर्छ कि भन्ने त्रासले र लामो समय घर भित्रै बस्दा धेरै ब्यक्तिलाई निद्रा नलाग्ने, छटपटी हुने, बेचैनी हुने, दिक्दारी लाग्ने, झस्किने, खानामा रुचि नहुने,  मुटुको चाल बढ्ने, मुख सुख्खा हुने जस्ता समस्याहरु देखापरेका छन् । सोच्दै नसोचेको घटना अकस्मात् आउँदा यस्ता समस्या देखिनु स्वभाविक हो । खायो, बस्यो गर्दा दिमाग खाली भई अन्योलको स्थिति सिर्जना भएको छ । अहिले धेरैलाई मलाई कोरोना लाग्यो भने, परिवारमा कसैलाई लाग्यो भने के होला भन्ने चिन्ताले ग्रस्त छन् । यसले गर्दा मानिसमा शरीर चिसो हुने, कहाँ जाऊ, के गरुँ भएको छ । भूकम्पका बेला पनि धेरै मानिसमा यस्ता समस्या देखिएको थियो ।

कुनै पनि नसोचेको कुरा अकस्मात हुँदा यस्तो किसिमको अवस्था आउन सक्छ । यो समयसँगै बिस्तारै ठीक हुँदै जान्छ पनि ।  

कतिपयमा रुघाखोकी लाग्दा र शरीर दुख्दा पनि मलाई कोरोना भाइरसको संक्रमण भयो कि भन्ने त्रास बढेको छ । हात धुनुपर्छ भनेर अधिक मात्रामा हात धुने बानीका कारण पानी तथा साबुनले हात फुटेर छाला रातो हुन सक्छ । 

यस्तो बेला टेलिभिजन तथा मोबाइलमा कोरोना भाइरससंग सम्बन्धीत समाचार मात्र हेर्नुहुँदैन्  । भ्रम फैलाउने खालका भन्दा पनि आधिकारिक सुचना दिने अनलाइन हेर्नुपर्छ । मन परेका फिल्म हेरेर आफूलाई व्यस्त राख्न सकिन्छ । यतिबेला प्रशस्तै समय भएकाले नयाँ परिकार बनाउन सकिन्छ । समय व्यतित गर्नका लागि लूडो, क्यारम बोर्ड खेल्न सकिन्छ । संगीतमा रुचि भएकाले नाचगान गर्न सकिन्छ । अहिले परिवारसग समय बिताउने राम्रो मौका पनि हो । परिवारसँग छलफल गर्नुपर्छ यसो गर्दा सन्तुष्टि हुन्छ । 

ध्यान तथा व्यायाम पनि गर्न सकिन्छ । यसले आत्मसन्तुष्टि हुनुका साथै मानसिक स्वास्थ्य पनि राम्रो बनाउछ । मनमा डर, त्रास मात्र लिएर बस्नुहुँदैन । यस्तो अवस्थामा कतिपयलाई मन आत्तिएर राती निद्रा नपर्न सक्छ । सुत्ने समय प्रत्येक दिन एउटै हुनुपर्छ । निद्राको रिदम मिल्नुपर्छ । सुत्ने बेलामा चिया तथा कफी पिउनु हुँदैन्  । निद्रा लागेन भनेर मोबाइल चलाउँदा पनि निद्रा डिस्र्टब हुन्छ । हातखुट्टा राम्ररी धोएर खुकुला पहिरन लगाएर सुत्नुपर्छ । निद्रा नलागेमा लामो–लामो सास फेरेर सुतेमा पनि निद्रा छिटो पर्छ । 

युट्युब च्यानल हेर्दै घरमै बिहानको समयमा व्यायाम गर्न सकिन्छ । अहिलेको स्थितिमा मानसिक रोगी विचलित नभइ घरमै बस्नुपर्छ । आफूले नियमित रुपमा खाइरहेको औषधीलाई निरन्तरता दिनुपर्छ । केही समस्या परेमा आफूले देखाइरहेको चिकित्सकलाई फोनबाट परामर्श लिन सकिन्छ । कोरोनाबाट बच्नका लागि सजगता र सुरक्षा अपनाउँदै घरबाट बाहिर निस्कनु हुँदैन्  । 

 Image