Successfully Copied

यो बेला बन्यजन्तुको सुरक्षा

हाम्रै चिडियाखाना भित्र रहेका चराचुरुंगी र त्यहा भित्रका जीव जन्तुको हामीलाई ठुलो चिन्ता भइरहेको बेला, यसको उचित संरक्षणमा लागेका छौं ।

-कोभिड १९ इतिहासमै पहिलो पटक मानव बाट जनावारमा सरेको रोग हो ।

- तसर्थ अहिले यो समयमा हामी चराचुरुंगी तथा अन्य जीवजन्तुको संरक्षणमा गम्भीर लाग्नुपर्ने देखिन्छ । 

- हाम्रै चिडियाखाना भित्र रहेका चराचुरुंगी र त्यहा भित्रका जीव जन्तुको हामीलाई ठुलो चिन्ता भइरहेको बेला, यसको उचित संरक्षणमा लागेका छौं ।

- त्यसका लागी हामीले बायोसेक्युरिटी दिने काममा व्यस्त छौं । जस्तो बायोसेक्युरिटी भनेको सुरक्षामा खटिएकाहरुले अनिवार्य रुपमा मास्क, पञ्जा, चस्मा, बुट र एप्रोन लगाउनु साथै वरिपरिको वातावरणमा कागतीको रस र मट्टितेल छर्केर तथा बिभिन्न किसिमका सुगन्ध आउने धुपबालेर सुरक्षा प्रदान  गर्नु हो ।

- यस्ता जीवकालाइ सुरक्षित राख्न उपयुक्त आहार दिइरहने र यिनलाई व्यस्त राख्ने गर्नुपर्छ ।

- यिनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन दैनिक गड्यौला दिने गरिएको छ । 

- यि जीवजन्तुको सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । 

                         रचना शाह, बरिष्ठ क्युरेटर, सदर चिडियाखाना जावलाखेल

 

 Image