Successfully Copied

कोरोनाबाट बँच्न के खाने, के नखाने ?

डार्क चकलेटमा पाइने एन्टिअक्सिडेन्टले रोगसँग लड्न मद्दत गर्छ । मुटु, रक्तचाप नियन्त्रणका लागि समेत उपयोगी हुन्छ । इस्ट्रबेरी पोषक तत्वले भरिपूर्ण छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा भिटामिन ए, सी तथा एन्थोकाइनिक नामक एन्टिअक्सिडेन्ट पाइन्छ । 

कोरोना भाइरसको प्रकोपले सारा विश्वलाई नै त्रसित बनाइ दिएको छ । यसर्थ अहिले बढी सतर्कता अपनाउनु पर्ने समय हो । आफ्नो मात्रै नभई सम्पूर्ण समाज र परिवारको हित बारेमा सोच्ने बेला हो । सरकारले गरेको निर्णय अनुसार घरबाहिर ननिस्कने र आफ्नो सुरक्षार्थ ख्याल गर्ने समय हो । त्यसैले यतिबेला मानिसहरू घरको भोजन र पोषिला खानेकुरामा विशेष जोड दिइरहेका छन् । कीर्तिपूर बर्न अस्पातलकी पोषणविद् मिरा शाहका अनुसार अब बाहिरका खानेकुरामा बन्देज लगाउनु पर्छ । पहिला कतिपय मानिसले शारीरिक अभ्यास र योगाका लागि समय नभएको बताउँदै आएका थिए । तर अहिले फुर्सदै फुर्सद छ । सँगै कोरोनाले मानिसलाई स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो भन्ने चेतना दिएको छ । परिवार तथा आफूलाई पनि समय दिनु अपरिहार्य भएको धेरैलाई ज्ञात भएको छ । जति व्यस्त भएपनि प्राकृतिक र गतिविधि बढाउने कार्य गर्नु पर्छ । यतिबेला बालबालिकालाई नयाँ कुरा सिकाउने, सिलाई, बुनाई, घर सफाई, व्यक्तिगत सरसफाई र ठूलालाई सम्मान अनि सानालाई माया गर्नेलगायत सँस्कार सिकाउन सकिन्छ ।

मौसम परिवर्तनसँगै विभिन्न रोगका जिवाणु पनि सक्रिय हुन थालेका छन् । मौसम परिवर्तन हुँदा  शरीरको तापक्रममा उतारचढाव हुन सक्छ । संक्रमण, रोग, झाडापखाला, ज्वरो, रुघाखोकीले सताउन सक्छ । त्यसैले शरीरको तापक्रम सन्तुलित राख्ने किसिमका खानेकुराहरु खानुपर्छ । शीतलता प्रदान गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउने खानेकुरामा समेत ध्यान पु¥याउनु पर्छ । 

गर्मी महिनामा शरीरमा पानीको कमी हुन नदिन शीतलता प्रदान गर्ने खानेकुरा खानुपर्छ । यसका साथै शरीरमा रोग लाग्न नदिन रोग प्रतिरोधात्मक शक्ति प्राप्त हुने खानेकुरा दैनिक भोजनमा समावेश गर्नुपर्छ । किनकी यो बेला संक्रमणको खतरा बढी हुन्छ । शरीरलाई स्फूर्ति तथा शीतलता प्रदान गर्न निम्न खानेकुरा खानुपर्ने सुझाव छ, पोषणविद मीरा शाह ।

खरबुजा 

खरबुजाले शरीरमा शीतलता प्रदान गर्नुका साथै शक्ति प्रदान गर्दछ । सँगै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउँछ । यसमा ९१ दशमलव ४५ प्रतिशत पानीको मात्रा हुन्छ ।  जुन शरीरका लागि महत्वपूर्ण हुन्छ । अनावश्यक तौल नियन्त्रण गर्न र तिर्खा मेटाउन समेत खरबुजा महत्वपूर्ण मानिन्छ । सस्तो र सहजै पाइने यहाँ खरबुजा दैनिक खाजामा समावेश गर्नु प्रभावकारी हुन्छ । 

दही–मोही  

दही, मोही र लस्सी गर्मी महिनाका लागि उपयोगी हुन्छन् । सबै ठाउँमा सहजै पाइने यी पेय पदार्थ आन्द्रासँगै सम्पूर्ण स्वास्थ्यका लागि उपयुक्त छन् । यसमा पाइने प्रोबायोटिक नामक ब्याक्टेरियाले पाचनप्रणालीमा सहयोग गर्नुका साथै पेटको जिवाणुलाई नाश गर्छ । गर्मीमा शीतलता प्रदान गर्ने दही, मोहीका विभिन्न परिकार बनाएर पनि सेवन गर्न सकिन्छ । 

नरिवल पानी

यसमा विभिन्न प्रकारका खनिज तत्व, यसेन्सिएल एमिनो एसिड, आदि प्रशस्त मात्रामा पाइन्छ । गर्मी मौसममा मात्र नभई अरु बेला जुनसुकै रोगका बिरामीले पनि यो सेवन गर्न सक्छन् । 

हरियो सागपात तथा तरकारी 

हरियो सागपात तथा तरकारी दैनिक भोजनमा समावेश गर्नु वेश हुन्छ । यसमा विभिन्न प्रकारका पोषक तत्व पाइन्छ । यसले विभिन्न रोगसँग लड्नसक्ने क्षमता प्रदान गर्छ । साथै कब्जियतको समस्या भएकालाई पनि यसले फाइदा पु¥याउँछ । ब्रोकाउली, काउली, केराउ कोसा, रायो तथा तोरीको साग तथा मौसमी तरकारी पनि सेवन गर्न सकिन्छ । काँक्रोलाई सलादका रुपमा खान सकिन्छ । यसमा भएको पानीको मात्राले शरीरको तापक्रम नियन्त्रणमा राख्न मद्दत गर्छ । पुदिनालाई गर्मी महिनामा पेय पदार्थको रुपमा प्रयोग गरिन्छ । कागती, अदुवा, पुदिना पानीको सर्बत नियमित रुपमा सेवन गरे शरीरमा भएको विकार नाश हुनुका साथै शीतलता प्राप्त हुन्छ । 

लसुन, प्याज   

स्वादका लागि प्रयोग गरिने लसुन प्याजले पेटका जीवाणु मार्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो एन्टीएलर्जी पनि हो । लसुन प्याज खाएमा गर्मीमा हुने वाकवाकी, खाना नरुच्ने समस्याबाट छुटकारा पाइन्छ । घामको एलर्जीमा समेत यसले फाइदा पु¥याउछ । 

यतिबेला कोरोना भाइरसको त्रासले सबैजना आत्तिएका छन् । समयमै सचेत भएमा धेरै संक्रमणबाट जोगिन सकिन्छ । यतिबेला शाकाहारी भोजन नै स्वास्थ्यका लागि उपयोगी हुन्छन् । काँचो खानेकुरा खानहुँदैन । फलफूल खानु परे पनि बोक्रा निकालेर खानुपर्छ ।  

केही एन्टिअक्सिडेन्टयुक्त खानेकुराहरु 

डार्क चकलेटमा पाइने एन्टिअक्सिडेन्टले रोगसँग लड्न मद्दत गर्छ । मुटु, रक्तचाप नियन्त्रणका लागि समेत उपयोगी हुन्छ । इस्ट्रबेरी पोषक तत्वले भरिपूर्ण छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा भिटामिन ए, सी तथा एन्थोकाइनिक नामक एन्टिअक्सिडेन्ट पाइन्छ । 

यसका साथै व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ । छालाको सम्पर्कबाट टाढा बस्नु पर्छ । सकेसम्म घरमा सबैले आ–आफ्नो रुमाल, चप्पल, पहिरन प्रयोग गर्नुपर्छ । पर्याप्त मात्रामा पानी, झोल पदार्थ सेवन, शाकाहारी भोजन, हरियो सागपात, तरकारी र फलफूल सेवन गर्नु गर्मीमा लाभदायी हुन्छ । खाना खानु अगाडि र पछाडि साबुनपानीले हात राम्ररी धुनुपर्छ । भीडभाडमा जाँदा मास्क तथा पन्जाको प्रयोग गर्नुपर्छ । नियमित योग तथा व्यायाम गर्नुपर्छ । समयमै सुत्ने तथा उठ्ने बानी गर्नुपर्छ । रुघाखोकी लागेर बढी ज्वरो आएमा तुरुन्त नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्नुपर्छ । यसो गरेमा सम्भावित जोखिमबाट बँच्न सकिन्छ । र स्वस्थ्य जीवन पाइन्छ ।

 Image