कहिले–कसरी सुरु भयो मन्टेश्वरी शिक्षा ?

अञ्जु भट्टराई

चैत्र ७, २०७६ इटालियन नागरिक मारिया मन्टेश्वरीले विकास गरी अभ्यासमा ल्याएको एक शैक्षिक पद्धति हो–मन्टेश्वरी । जसलाई अहिले विश्वभर आत्मसात् गरिएको छ । चिकित्सकीय क्षेत्रमा संलग्न उनले मानसिक रूपमा कमजोर, अशक्त बालबालिकालाई हेर्ने गरी रोम युनिभर्सिटीको मनोविज्ञान शाखामा इन्टन गर्न थालिन् ।

त्यहीँ काम गर्दागर्दै उनले फरक किसिमको शिक्षा पद्धति आवश्यक रहेको महसुस गरिन् । पछि उनले एक सुकुम्बासी बस्तीका बालबालिकालाई भेला गराएर सोही पद्धतिको शिक्षामा अभ्यस्त गराइन् । उनले स्थापना गरेको ‘चिल्ड्रेन हाउस’ नामको मन्टेश्वरी स्कुल पहिलो हो । नोबेल पुरस्कारबाट पुरस्कृत उनलाई ‘फर्ट फाउन्डर अफ मन्टेश्वरी’ पनि भनिन्छ ।

पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागतको सट्टामा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी सिकाइने यो शिक्षण विधिप्रति अभिभावकएवम् बालबालिकाको आकर्षण बढ्दो छ । विद्यालय स्तरको पढाई सुरु हुनुभन्दा अघि बालकालिकालाई सिकाउन अपनाइएको उक्त विधि निकै प्रभावकारी मानिन्छ । जसकारण सहर–बजारमा मन्टेश्वरी विद्यालय खोल्ने क्रम पनि बढेको छ । बालबालिकालाई मन्टेश्वरी विधिबाट सिकाउने ठाउँलाई ‘प्रि–स्कुल’ पनि भनिन्छ ।

मन्टेश्वरी किन्डर वल्र्ड, बेस्ट मन्टेश्वरी, युरो किड्स, अक्षरा स्कुल, बालुवाटार स्कुल, मिल्सबेरी, हाइड एन्ड सिक, एन्जल मन्टेश्वरी, टाइम्स मन्टेश्वरी, बचपन, सेमरक, बचपन, किड्जी आदि स्कुल अहिले नेपालमा चल्तीका प्रि–स्कुल हुन् । भारतमा ख्यातिप्राप्त ब्रान्ड युरो किड्स नेपाल भित्रिएको १३ वर्ष पुगिसकेको छ । टंगालबाट सुरु भएको युरो किड्सको अहिले नेपालका १० वटा सहरमा ३० वटा र संसारभर १० हजार शाखा छन् ।

गतवर्ष बेस्ट इन्टरनेसनल अवार्ड प्राप्त गरेको युरो किड्स नेपालले प्रारम्भिक शिक्षाका क्षेत्रमा नेपालमा नयाँ आयाम थपेको बताउँदै युरो किड्सकी सञ्चालक शैलजा अधिकारी भन्छिन्–‘युरोकिड्सले सधै आफ्नै नवीन र सिर्जनात्मक शैक्षिक पद्धति अवलम्बन गरेको छ ।’ यसले युनोइया नामक आफ्नै पाठ्यक्रमको विकास गरेको छ । जसले बालबालिकाको बौद्धिक, मानसिक, सामाजिकलगायत चौतर्फी विकासका सहयोग पुर्‍याएको अधिकारीको भनाई छ ।

काठमाडौंको टंगाल, बाँसबारी, सामाखुसी र तीनकुने गरी चार वटा शाखा रहेको यो स्कुलले बालबालिकालाई केन्द्रिकृत, लचकता र दयालु बनाउने कुरामा मुख्य जोड दिइरहेको पनि अधिकारीले बताइन् । उनले भनिन्–‘अत्याधुनिक शैक्षिक पद्धतिहरूद्वारा हामी बच्चाको जग बलियो बनाउन दत्तचित्त छौं ।’ 

समयसँगै संशोधन गरिरहने युरोकिड्सका संसारभर एउटै पाठ्यक्रम पढाइन्छन् । योग, संगीत, फिटनेससहितको सुरक्षित बालमैत्री वातावरणयुक्त यो स्कुलमा ‘माइन्ड, बडी र सोल’ लाई हिलिङ गर्ने क्रियाकलापहरू गराइन्छ । थ्रि पिलर्स अफ युनोइयाअन्तर्गत चेतनामूलक दिमागी ज्ञान, स्पेस लर्निङ, भावनात्मक सिकाइलगायतका कला प्रदान गरिन्छ । युरो किड्सको अर्को विशेषता भनेको विविध खाले सिर्जनात्मक सीप र सिकाइद्वारा दिमाग, शरीर र आत्मालाई नै प्रभाव पार्ने किसिमको शिक्षा प्रदान गर्नु हो ।

करिब नौ वर्षअघि सुरु भएको हाइड एन्ड सिक प्रि–स्कुलले बालबालिकाको सैद्धान्तिक, बौद्धिक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल कुमुद भट्ट छतकुली बताउँछिन् । ‘मन्टेश्वरी शैक्षिक पद्धतिद्वारा हामीले बालबालिकाको व्यावहारिक ज्ञानलाई बढी प्राथमिकतामा राखेका छौं ।’ स्वयम्भू सानो भर्‍याङस्थित यो स्कुल फराकिलो क्षेत्रफलमा फैलिएको छ । यहाँ बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्न अर्गानिक फलफूल तथा तरकारी उत्पादन गर्ने गरिएको छ । मन्टेश्वरीलगायत एकीकृत शैक्षिक पद्धतिद्वारा पढाइ हुने हाइड एन्ड सिकमा पारिवारिक वातावरण, स्वच्छ आहार, सफा र सहज खेल मैदान तथा मायालु वातावरणमा बालबालिका रमाएर सिकिरहेका छन् ।

अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अञ्जु भट्टराईका अनुसार भविष्यमा अन्तर्राष्ट्रिय स्पर्धाका लागि युवा तयार गर्न पनि अहिले बालबालिकालाई प्रयोगात्मक तरिकामा सिकाउन जरुरी छ । नेपालमा मन्टेश्वरी शिक्षा भित्र्याउने मन्टेश्वरी किन्डर वल्र्डकी संस्थापक प्रिन्सिपल पवित्र लिम्बू भन्छिन्–‘हामीले मन्टेश्वरी शिक्षा सुरु गरेदेखि शैक्षिक क्षेत्रमा निकै विकास भएको छ ।’

नेपालको शिक्षा प्रणाली नै कमजोर भएका कारण विद्यालय तथा विश्वविद्यालयलाई ‘बेरोजगार उत्पादन गर्ने थलो’को आरोप लागिरहेका बेला यो पद्दतिको सिकाइ प्रभावकारी हुने शिक्षाविद्हरूको तर्क छ ।‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रयोगात्मक शिक्षाको खाँचो छ’, मनोविद् डा. नन्दिता शर्मा भन्छिन्– ‘जसका लागि बालबालिकालाई पढाउने भन्दा पनि सिकाउने शिक्षा प्रणाली अपनाउन आवश्यक छ ।’ 

मनोचिकित्सक रोजिना मानन्धरका अनुसार बालमस्तिष्क छिट्टै टिप्ने, टुट्ने र जोडिने खालको हुन्छ । बाल्यवस्थामा सिकेका कुराले पछिसम्म गहिरो प्रभाव पार्ने भएकाले दिमागलाई बढी भारी नहुने गरी रमाइलो तथा सहज तरिका सिकाउनुपर्ने उनको मत छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>