‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।

विशेषता: हाँडीगाउँ गहनापोखरीमा सात महिनादेखि नार्ले स्मोक हाउस ग्रिल एन्ड बार सञ्चालनमा आएको छ । पारिवारिक वातावरण रहेको रेस्टुराँको आन्तरिक सज्जा राणाकालीन शैली झल्काउने खालको छ । रेस्टुराँको मेनुमा विशेष परिकारका रूपमा ग्रिल्ड, रोस्टेड, सेकुवा राखिएको छ ।
यहाँ दार्जीलिङको स्वादको म:म पाइन्छ । त्यसका साथै नेपाली परिकारलाई नयाँ स्वादमा चाख्न पाइन्छ । भारतको दिल्लीमा लामो समय रेस्टुराँको अनुभव संगालेका सञ्चालक प्रभात योगी नेपाली परिकारलाई कन्टिनेन्टल फ्युजनमा ग्रिल्ड गरिएको बताउँछन् ।